Trending
Prev Story
Next Story

सेबोन अध्यक्षको दुई महिना — थुप्रिए नीतिगत दस्तावेज ,बजार भने ज्युँका त्युँ

Arthasansar •
August 21, 2026 • 04:31 PM
1
1 reads 0 reactions

नेपालको पुँजी बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो पूर्ण कालिन अध्यक्ष पाएको आज दुई महिना पुग्यो । नेपाल सरकारले...

सेबोन अध्यक्षको दुई महिना — थुप्रिए नीतिगत दस्तावेज ,बजार भने ज्युँका त्युँ

नेपालको पुँजी बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो पूर्ण कालिन अध्यक्ष पाएको आज दुई महिना पुग्यो । नेपाल सरकारले डा. गोपाल भट्टलाई असार ५ गते बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । दुई महिनाको कार्यकाल पुरा गरेका भट्टले पुँजी बजारका लागि गर्नु पर्ने कामहरुलाई तिब्रता दिइरहेका छन् । उनी बोर्डको नेतृत्वमा आएदेखि नै पुँजीबजारका लागि भन्दै विभिन्न नीति नियमहरु ल्याइरहेका छन् ।

भट्टले दुई महिनाको अवधिमा ७ वटा भन्दा विभिन्न दस्ताबेज सार्वजनिक गरिसकेका छन् । पुँजी बजार सुधार र लगानीकर्ताको हकहित नै पहिलो प्राथमिकता रहेको बताउने अध्यक्ष भट्टले जहाँसुकै कुरा गर्दा पनि पुँजी बजारका लागि गर्नु पर्ने कुराको फेरिस्त नै लगाउने गरेका छन् । उनले विगतमा भएका विषयको आफूले जबाफ नदिने भन्दै आफूले नयाँ कामको थालनि गरिसकेको बताउँछन् । उनले मार्केटका लागि भन्दै अवधारणापत्र, श्वतपत्र, नीति, मार्गचित्रहरु सार्वजनिक गरिसकेका छन् । त्यस्तै विभिन्न नीयामावलीका मस्यौदाहरु पनि सार्वजनिक भइरेका छन् । अध्यक्ष भट्टले नीति नियम बनाउने देखि पूर्वाधार विकासमा ध्यान दिइरहँदा पुँजी बजार भने लगातार ओरोलो यात्रामा रहेको छ । बजारमा कुनै पनि खालको उत्साह देखिदैन् । लगानीकर्ता प्यानिक अवस्थामा रहेका छन् ।

लगानीकर्ताहरु नीति नियममा यसो गरिने छ र उसो गरिने छ भन्ने कुरामा विश्वस्त हुन सकेनन् । लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार नयाँ रकम आउन नसकेको र पुँजी बजार ओरालो यात्रामा रहेको लगानीकर्ताहरुले बताउने गरेका छन् । अध्यक्ष भट्टको नेतृत्वमा सार्वजनिक भएका दस्तावेजमध्ये ‘नेपालको धितोपत्र बजारमा मार्जिन लेण्डिङ, धितोपत्र सापटी तथा उधारो कारोबार र शर्ट सेलिङका लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३’ सबैभन्दा ठूलो दस्ताबेज हो । यो कार्यान्वयनमा आइसकेको छैन । बोर्डले सार्वजनिक गरेको उक्त दस्तावेजमा बजारमा मार्जिन कारोबार, सेक्युरिटिज लेन्डिङ तथा बरोइङ र शर्ट सेलिङलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक व्यवस्थाबारे प्रस्ताव गरिएको छ ।

त्यस्तै, बोर्डले ‘नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी स्वेतपत्र, २०८३’ पनि सार्वजनिक गरेको छ । त्यस्तै भट्ट अध्यक्ष भए पनि सार्वजनिक गरिएको अर्को दस्ताबेज हो ‘नेपाल धितोपत्र वित्तीय सेवाको मूल्य नियामकीय रूपरेखा, २०८३’ त्यस्तै, ‘पूँजी बजार सुधार नीति २०८३’, ‘मार्जिन ऋण कारोबार नियमावली २०८३’ को मस्यौदा र ‘नेपालको पूँजी बजार मार्गचित्र २०८३’ । त्यस्तै बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि ‘पूँजी बजार नीति तथा कार्यक्रम’ समेत सार्वजनिक गरेको छ ।

लगानीकर्ताहरु भने बजार बढ्नका लागि उधारा नीति र नियमले मात्रै नपुग्ने बताउने गरेको छ । बजार बढ्नका लागि ठोस रुपमा काम हुनु पर्ने भए पनि अहिले सेबोनले जारी गरेका दस्ताबेजहरुमा काम गरिने छ भन्ने मात्रै उल्लेख भएकाले बजारमा उत्साह नदेखिएको लगानीकर्ताहरु बताउँछन् । पहिले पनि उधारा आश्वासन आउने गरेको र अहिले पनि सोही अनुसार मात्रै काम भइरहेको भन्दै नीतिले मात्रै भन्दा पनि कार्यान्वयन गरेपछि मात्रै परिणाम आउने लगानीकर्ता राधा पोखरेलको भनाइ छ । ल्याएका नीतिलाई व्यवहारमा लागू नगर्दासम्म बजारले गति लिन नसक्ने उनको भनाइ छ । अहिले बोर्डले जारी गरेको दस्ताबेजहरु छोटो समयका लागि भन्दा पनि लामो समयका लागि ल्याइएकाले तत्काल नतिजा नदेखिएको अर्का लगानीकर्ता सुबासचन्द्र ढुंगानाको भनाइ छ । ‘बोर्डले ल्याएका सबै दस्तबेजहरु सकारात्मक नै रहेका छन् । तर, ति लामो समयमा परिणाम आउने खालका भएकाले छोटो समयमा बजारमा त्यसको असर नदेखिएको हो,’ उनले भने । धितोपत्र बोर्डको अध्यक्षले गर्न खोजेको देखिएकाले केही समय अझै पर्खनु पर्ने उनले बताए ।

प्रक्रियागत रुपमा अहिलेको अध्यक्षले केही गर्न खोजेको देखिएकाले यसको परिणाम आउनका लागि पनि केही समय कुर्नु पर्ने नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले बताउँछन् । अहिले अध्यक्षले केही गर्न खोजेको जस्तो देखिएकाले अझै पर्खनु पर्ने उनी बताउँछन् । अर्को तर्फ संरचनागत जटिलताले काम गर्न पनि समस्या हुने उनको भनाइ छ । ‘अध्यक्षले काम गर्न खोज्नु भएको जस्तो देखिन्छ । तत्कालै नजिता निस्कन कठिन हुन्छ । यदि संरचनागत सहयोग भयो भने ५–६ महिनामा नतिजा आउन सक्छ,’ उनले भने ।

भट्टको आगमन पछि ८३ अंकले घट्यो नेप्से

अध्यक्ष भट्टले नयाँ धितापत्र ऐन नै ल्याउने बताइरहेका छन् । केही दिन अघि लगानीकर्तासँघको भेटका क्रममा उनले ऐन ल्याउने बताएका थिए । उनल नियमित प्रक्रियाबाट ऐन ल्याउँदा धेरै समय लाग्ने बताउँदै अध्यादेश बाट ऐन ल्याएर भए पनि पुँजी बजारको सुधार गर्ने बताए । तर, पुँजी बजार भने लगातार रुपमा घटिरहेको छ । छोटो समयमा धेरै नीति तथा दस्ताबेजहरु सार्वजनिक भए पनि लगानीकर्ता भने अहिले नै विश्वस्त हुन सकिरहेका छैनन् । भट्ट सेबोनको अध्यक्ष नियुक्त भएको दिन असार ५ गतेभन्दा भदौ ५ गतेसम्म आइपुग्दा पुँजी बजार ८३.३९ अंकले घटिसकेको छ । असार ५ गते नेप्से परिसूचक २७०२.११ विन्दुमा रहेको थियो भने भदौ ५ गते (आज) बजार ६१८.७२ विन्दुमा झरेको छ । भट्ट अध्यक्षमा नियुक्त भएर आए पछि सेयर बजारमा ४६ करोबार भएका छन् । जसमध्ये २८ दिन बजार घटेको छ भने १९ दिन बढेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1w ago
आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न सेबोनकोअनुमति, १२ लाख कित्ता सेयर आउने

आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न सेबोनकोअनुमति, १२ लाख कित्ता सेयर आउने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न...

#बोर्ड #सेबोन
Compare →

Related Stories

Business & Economy
Build #2611