Trending
Prev Story
Next Story

औद्योगिक क्षेत्रभित्रका ग्यारेज र गैरउत्पादनमूलक उद्योगलाई उत्पादनमूलकमा रूपान्तरण हुन अल्टिमेटम

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रभित्र सञ्चालित गैरउत्पादनमूलक उद्योग र सवारीसाधन मर्मत केन्द्र (ग्यारेज/वर्कसप) लाई उत्पादनमूलक उद्योगमा रूपान्तरण हुन समयसीमा तोक्दै निर्देशन जारी गरेको छ । लिमिटेडले पुरानो नियमावली खारेज गरी नयाँ …

औद्योगिक क्षेत्रभित्रका ग्यारेज र गैरउत्पादनमूलक उद्योगलाई उत्पादनमूलकमा रूपान्तरण हुन अल्टिमेटम

१० कात्तिक, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रभित्र सञ्चालित गैरउत्पादनमूलक उद्योग र सवारीसाधन मर्मत केन्द्र (ग्यारेज/वर्कसप) लाई उत्पादनमूलक उद्योगमा रूपान्तरण हुन समयसीमा तोक्दै निर्देशन जारी गरेको छ ।

लिमिटेडले पुरानो नियमावली खारेज गरी नयाँ ‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३’ लागु गर्दै यस्तो व्यवस्था गरेको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै लिमिटेडले गैरउत्पादनमूलक उद्योग–व्यवसायलाई उत्पादनमूलक उद्योगमा परिवर्तन गर्न ३ वर्षको समय अवधि दिएको जनाएको छ । यसका लागि प्रवेश शुल्कसमेत छुट दिने व्यवस्था गरिएको छ ।

यसअघि नै औद्योगिक क्षेत्रभित्र सञ्चालन हुँदै आएका सवारीसाधनको मर्मत केन्द्र (सर्भिस सेन्टर, ग्यारेज वा वर्कसप) लाई ५ वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे उनीहरूको जग्गा तथा भवन बहाल सम्झौता नै रद्द गरिने चेतावनी लिमिटेडले दिएको छ ।

नयाँ नियमावलीको विनियम ५ अनुसार प्राथमिकता क्रममा नपरेका र क्षेत्रभित्र सञ्चालन गर्न अनुचित ठहरिएका उद्योग–व्यवसायको साविककै उद्देश्य कायम राखी सम्झौता नवीकरण नहुने व्यवस्था समेत गरिएको छ ।

गैरउत्पादनमूलक उद्योगलाई पूर्ण निरुत्साहित

नयाँ नियमावली जारी भएपछि गैरउत्पादनमूलक उद्योग–व्यवसायलाई औद्योगिक क्षेत्रभित्र थप निरुत्साहित गरिएको छ । अबदेखि कुनै पनि उत्पादनमूलक उद्योगलाई गैरउत्पादनमूलक उद्योगमा हस्तान्तरण गर्न, परिवर्तन गर्न, गैरउत्पादनमूलक उद्देश्य थप गर्न वा गैरउत्पादनमूलक उद्योगसँग एकापसमा गाभ्न पूर्णरूपमा निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि लिमिटेडले २०७१ सालमा नियमावली र निर्देशिका लागु गरी खुला प्रतिस्पर्धाबाट जग्गा र भवन बहालमा दिने र उत्पादनमूलक उद्योगलाई मात्र प्राथमिकता दिने प्रक्रिया सुरु गरेको थियो ।

२०७१ सालपछि औद्योगिक क्षेत्रभित्र कुनै पनि नयाँ ग्यारेज वा वर्कसप स्थापना नभए पनि त्यसअघि नै प्रवेश गरेकाहरू सञ्चालनमै थिए । नयाँ नियमसँगै अब ती पुराना ग्यारेजले पनि अनिवार्य उत्पादनमूलक उद्योगमा जानुपर्ने छ ।

२०१९ सालमा अमेरिकी सरकारको सहयोगमा नेपालको पहिलो औद्योगिक क्षेत्रका रूपमा बालाजु औद्योगिक क्षेत्रबाट सुरु भएको लिमिटेडले हाल मुलुकभरि १० वटा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ ।

बालाजु, पाटन र हेटौँडाजस्ता औद्योगिक क्षेत्रले सञ्चालनको ६ दशक पार गरिसकेका छन् भने सबैभन्दा पछिल्लो गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र (राजविराज) ले पनि स्थापनाको ४०औं वर्षमा प्रवेश गरेको छ ।

हाल यी औद्योगिक क्षेत्रभित्र ७ सयभन्दा बढी उद्योग सञ्चालनमा छन्, जसबाट करिब २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यी उद्योगले देशको आर्थिक गतिविधि र राजस्वमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको लिमिटेडले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
औद्योगिक क्षेत्रका ग्यारेज र सर्भिस सेन्टरको सम्झौता नवीकरण नहुने

औद्योगिक क्षेत्रका ग्यारेज र सर्भिस सेन्टरको सम्झौता नवीकरण नहुने

औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सवारीसाधन मर्मत केन्द्र, ग्यारेज र वर्कसपलाई उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे भाडा सम्झौता रद्द हुने भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले यस्ता व्...

#औद्योगिक #ग्यारेज
Compare →
Ekantipur
3w ago
ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा झापामा जलेर एक जनाको मृत्यु

ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा झापामा जलेर एक जनाको मृत्यु

झापाको बिर्तामोडस्थित एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चौपायासहित लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ।

#ग्यारेज
Compare →
Bizshala
3w ago
चाँदी बन्दैछ ‘औद्योगिक सुन’,२०२७ का लागि ८० डलरको लक्ष्य

चाँदी बन्दैछ ‘औद्योगिक सुन’,२०२७ का लागि ८० डलरको लक्ष्य

काठमाडौं । सोलार प्यानलदेखि विद्युतीय गाडी र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको पूर्वाधारसम्म चाँदीको उपयोग विस्तार...

#औद्योगिक
Compare →
Setopati
1w ago
गाँजा खेती र औद्योगिक उत्पादन नियमन गर्ने  नियम तीन महिनाभित्र बनाउन सर्वोच्चको परमादेश

गाँजा खेती र औद्योगिक उत्पादन नियमन गर्ने नियम तीन महिनाभित्र बनाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ।

#औद्योगिक
Compare →

Related Stories

Education & Youth
Build #2612