Trending
Prev Story
Next Story

तिहारमा ५२ लाख माला खपत हुने, साढे ६४ करोडको कारोबार हुने अनुमान

Ekantipur •
October 27, 2026 • 01:00 PM
1
1 reads 0 reactions

फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारमा ४५ लाख सयपत्री फूलका र ६ लाख मखमलीका माला, २० हजार गोदावरी र ६० हजार मिक्स फूलको माला खपत हुने जनाएको छ ।

तिहारमा ५२ लाख माला खपत हुने, साढे ६४ करोडको कारोबार हुने अनुमान

फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारमा ४५ लाख सयपत्री फूलका र ६ लाख मखमलीका माला, २० हजार गोदावरी र ६० हजार मिक्स फूलको माला खपत हुने जनाएको छ ।

काठमाडौँ — यस वर्षको तिहारमा काठमाडौँ उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स माला गरी ५१ लाख ८० हजार माला खपत हुने अनुमान गरेको जनाएको छ । तिहारमा ४५ लाख सयपत्री फूलका  र ६ लाख मखमलीका माला, २० हजार गोदावरी र ६० हजार मिक्स फूलको माला खपत हुने एसोसिएसनले जनाएको छ । एसोसिएसनले २ लाख मखमलीका माला निर्यात हुने समेत जनाएको छ ।

गत वर्षको तिहारमा ४० लाख ४० लाख थान सयपत्री र साढे ५ लाख थान मखमली माला खपत भएको थियो । तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन् ।

तिहारमा मात्रै ४८ करोड रुपैयाँको फूलमाला कारोबार हुने श्रेष्ठले जनाए । '८८.८९ प्रतिशत माग आन्तरिक उत्पादनबाट पूर्ति हुन्छ, करिब ११.११ प्रतिशत पुग्दैन,' उनले भने , 'खुल्ला सीमानाका भएकाले वर्सेनी लुकिछिपि अलिअलि फूलमाला आउँछ ।'

एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको प्रतिमाला औसत ९० रूपैयाँ थोक मूल्य हुने अनुमान गरिएको छ । त्यसका आधारमा ४० करोड ५० लाख रुपैयाँको सयपत्री माला खपत हुने अनुमान गरिएको छ । यस्तै मखमलीको प्रति माला ४५  रूपैयाँ पर्ने एसोसियसनले जनाएको छ । गोदाबरी फूलको प्रति माला १२ सय रूपैयाँ पर्ने अनुमान गरिएको छ । मिक्स माला थोक बजारमै प्रति माला चार सय रुपैयाँ पर्नेछ ।

एसोसिएसनले  यसपटक सयपत्री तथा गोदावरी फूलको पोली तथा गमला खरिदबिक्रीको पनि अनुमानित तथ्यांक सार्वजनिक गरिएको छ ।

एसोसियसनका अनुसार  ३५ लाख सयपत्री फूलका बोट खरिदबिक्री हुनेछ । जुन प्रतिबोट ३० रुपैयाँका दरले साढे १० करोड रुपैयाँको कारोबार हुने जनाएको छ । गोदावरी फूलका प्रतिगमला  ७५ रूपैयाँमा कारोबार हुनेछ । कुल ८ लाख गमला खपत हुनेछ । त्यसबाट ६ करोड रूपैयाँको कारोबार हुने एसोसिएसनले जनाएको छ ।

समग्रमा फूलका माला, सयपत्री फूलका बोटसहित गोदावरीको गमला खरिदबिक्रीमा तिहारमा ६४ करोड ५० लाख रुपैयाँको कारोबार हुनेछ । 'तिहारका लागि आवश्यक फूलको माग सकेसम्म स्वदेशमै उत्पादित फूलबाट पूर्ति गर्न समेत आग्रह गर्छौं,' श्रेष्ठले भने ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
18h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार #साढे
Compare →
Hamro Patro News
12h ago
तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

काठमाडौँ । तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो । आज कारोबारमा आ...

#तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#माला
Compare →

Related Stories

Business & Economy
Build #2612