एकै पटक ४७ प्रकारका जीवन रक्षक औषधिको बिक्रीमा प्रतिवन्ध लगाउने सरकारी निर्णप्रति बिज्ञहरूले प्रश्न गरेका छन् । औषधिको खरिदको लागि पनि विरामीलाई भारत जानुपर्ने बाध्यता सृजना गरिएको भन्दै गरिएको र अघिल्ले दिन सम्म ठिक औषधि रातारात कसरी बेठिक भयो भन्दै प्रश्न गरेका छन् ।
यस प्रविधिबाट एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएका २० वर्षीया महिलाको दुई साताअघि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई १ हजार ८४५ रुपैयाँसम्मका प्रयोगशाला परीक्षण निःशुल्क उपलब्ध गराउने परिवार कल्याण महाशाखाको प्रस्ताव छ।
संसारका जुनसुकै देशका मानिस नेपालमा सजिलै आवतजावत गर्न सक्ने हुँदा विश्वको कुनै पनि कुनामा देखिएको रोग नेपालमा पनि सजिलै आइपुग्ने जोखिम उच्च रहेको विज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सरकारले मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई नेपालको तर्फबाट उक्त पदको आधिकारिक उम्मेदवारका रूपमा अगाडि बढाउने निर्णय गरेको छ
बाढीपछि रसुवा र नुवाकोटका स्थानीय प्रसूति सेवा र स्वास्थ्य संस्था प्रभावित छन् । सडक र पुल भत्किएपछि प्रसूति सेवाका लागि गर्भवती महिलाहरू काठमाडौं आइरहेका छन् ।
स्क्रब टाइफसबाट देशभर ९ हजारभन्दा बढी संक्रमित छन् । सल्यानको दार्मा गाउँपालिकामा मात्रै ६ सयभन्दा बढी संक्रमित छन् भने यसबाट आठको मृत्यु भइसकेको छ । यो संक्रमण चालु वर्ष देशभर ७४ जिल्लामा फैलिएको छ ।
नवनियुक्त सदस्यले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष योगेन्द्रप्रसाद सिंहसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
परिषद्ले क्यान्सर, पायल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शतप्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुनेजस्ता दाबी गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो ।
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार साउनदेखि अहिलेसम्म १५८९ जनामा डेंगी देखिएको हो । तीमध्ये १३८९ को धौलागिरि अस्पतालमा उपचार भएको छ भने अन्यको ग्रामीण क्षेत्रका अस्पताल र स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।
यसको रोकथाम र उपचारबारे ह्याम्स अस्पतालका कन्सल्टेन्ट न्युरोलोजिस्ट कृष्ण ढुङ्गाना भन्छन्- अल्जाइमर्स रोकथामका लागि मुख्य कुरा स्वस्थ्य जीवनशैली अपनाउन आवश्यक छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मात्र डेंगी भाइरसबाट कम्तीमा ३ जनाको मृत्यु भएको छ भने देशभर ५००० भन्दा बढी संक्रमित भएका छन् ।
खोप नलगाएका ३० वर्षमाथिका व्यक्ति बढी जोखिममा छन् । खोप अभियान चलाउन विज्ञहरूले सुझाव दिएका छन् ।
सम्झौतामा हिमाली जडिबुटीहरूको अध्ययन एवं देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावना गायतका महत्त्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ ।
काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको रकम जलन उपचार कोषमा जम्मा गरिनेछ । उक्त कोषबाट जलनमा परेका बिरामीलाई अधिकतम २ लाख रुपैयाँसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराइनेछ ।
स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्र नुवाकोटका लागि ८० हजार ५२३ डोज खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।
बिमा परिचयपत्र नभएको अवस्थामा समेत सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको प्रणालीमार्फत सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ ।
डब्लूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
घर, सडक, पुल र सिंगो बस्ती नै बगेको भोटेकोशी बाढीमा ठूलो भौतिक तथा मानवीय क्षतिबीच मानसिक पीडा अझ गहिरो छ, जसलाई मापन गर्न कठिन छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा पनि औषधिको मूल्य समायोजन नगर्दा बजारमा चरम अभाव देखिएको थियो । पुरानै मूल्यमा औषधि दिन आपूर्तिकर्ता तयार छैनन् भने बिरामी महँगोमा खरिद गर्न बाध्य छन् ।
हाल सातवटै प्रदेशमा जेई संक्रमण देखिएपनि जोखिममा रहेको सम्पूर्ण जनसंख्यालाई खोप लगाउने स्रोत र योजना सरकारसँग छैन ।
पछिल्लो डेढ महिनामा मात्रै जेईबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ५९ जना संक्रमित भएका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार बाँचेका एक तिहाइ संक्रमित आजीवन अपांग हुन्छन् ।
नेपाल मेडिकल काउन्सिलका नवनियुक्त अध्यक्ष प्रा. डा. ढुण्डीराज पौडेलले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
ललितपुरको सामुदायिक विद्यालयको खानेपानीको नमुनामा हानिकारक जीवाणु भेटिए । दूषित पानी पिउनाले झाडापखाला, टाइफाइड, हैजा तथा अन्य पानीजन्य रोग लाग्न सक्ने विज्ञहरू बताउँछन् ।
नवजात शिशुको मृत्युदर घटाउन अस्पतालले थप चिकित्सक तथा नर्सको नियुक्ति, नवजात शिशुको स्क्रिनिङ तथा उपचार, निसास्सिने र कठ्याङ्ग्रिने समस्याको उपचारलगायतका उपाय अपनाएको छ
नवनियुक्त अध्यक्ष आलमलाई बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
वैशाखयता मात्र विषालु सर्पको डसाइबाट ५३ जनाको मृत्यु भइसकेको छ भने ७१६ जना घाइते भएका छन्, जुन यस वर्ष विपद्बाट भएका कुल मृत्युको २५ प्रतिशतभन्दा बढी हो ।
नवजात शिशुका लागि दूधको माग अत्यधिक बढे पनि संकलन न्यून भएपछि सरकारले काठमाडौं उपत्यकाका घर-घर पुगेर आमाको दूध संकलनको तयारी गरेको छ ।
स्वास्थ्य क्षेत्रमा दशकौंदेखि देखिएको जनशक्ति अभाव समाधान गर्न यसअघिका सरकारको उदासीनताको मार बिरामीहरूले खेपिरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३४ वर्षदेखि नयाँ पदपूर्ति गरिएको छैन ।
१९ साउनसम्म उक्त व्यवस्था नभए माइतीघरमा अनशन बस्ने एमबीबीएस, बीडीएस इर्न्टन स्टाइपेन्ड एकरुपता अभियानका संयोजक डिल्ली हरिजनले घोषणा गरेका छन् ।