Trending
Prev Story
Next Story

म्याग्दीमा सरकारका तीन वटा कार्यालय थपिए

Nagarik News •
October 27, 2026 • 09:22 AM
1
1 reads 0 reactions

संघीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका छन्।

म्याग्दीमा सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दीमा संघीय सरकारका तीन वटा कार्यालय थपिएका छन्। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिए।

‘पूर्वाधार विकास मन्त्रालयले म्याग्दीमा तीन वटा नयाँ कार्यालय विस्तार गर्ने निर्णय गरेर सहजिकरणका लागि समन्वय समितिलाई पत्राचार गरेको छ,’ उनले भने, ‘खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय साविक एकाइ रहेको भवनबाट सञ्चालन हुनेछ भने अन्य दुई वटा कार्यालयका लागि भवनको खोजीमा छौँ।’

स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यक्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ तोकिएको छ। खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यक्षेत्र म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ रहेको छ।

तथा सिँचाइ आयोजनाको कार्यक्षेत्र कालीगण्डकी नदी बेसिनका जिल्लाहरू रहेका छन्।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय आर्थिक वर्ष २०८२/०८३ मा पोखरामा गाभिएर बेनीमा एकाइ मात्र रहेको थियो।

सिँचाइ तथा जलस्रोत र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय यसअघि बेनीमा थिएनन्। तीन वटै कार्यालयहरू यसअघि पोखरामा थिए।

सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी, सिँचाइसँग सम्बन्धी महत्त्वपूर्ण योजनाहरू सञ्चालन गर्ने कार्यालयहरू जिल्लामै हुँदा योजना छनौटदेखि कार्यान्वयनमा सहजता हुने कार्यवाहक जिसस प्रमुख खत्रीले बताए।

तिहार अघिनै ती कार्यालयहरू सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए। रासस

प्रकाशित: १० कार्तिक २०८३ १५:०७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवाता

पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवाता

काठमाडौं। नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन्। भेटको क्रममा पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षी...

#विकास #पूर्वाधार
Compare →
Onlinekhabar
2d ago
म्याग्दीको बालगृहका सामूहिक भाइटीका

म्याग्दीको बालगृहका सामूहिक भाइटीका

२५ कात्तिक, म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर बुधबार भाइटीका मनाएका हुन् । बालबालिकालाई …

#म्याग्दी
Compare →

Related Stories

Politics & Governance
Build #2612