Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

Hamro Patro News •
October 27, 2026 • 08:40 AM
1
1 reads 0 reactions

वासिङ्टन, १० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र...

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

वासिङ्टन, १० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ ।

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ । सिनेटका ३५ सिटमा पनि निर्वाचन हुँदैछ । अहिले रिपब्लिकनसँग ५३ र डेमोक्रेटलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित ४७ सिट छन् । सिनेटको नियन्त्रण लिन डेमोक्रेटले चार सिटको खुद लाभ लिनुपर्नेछ । मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन् । पीबीएस न्युज, एनपीआर र मेरिस्टको सर्वेक्षणमा डेमोक्रेटलाई ५३ प्रतिशत र रिपब्लिकनलाई ४१ प्रतिशत समर्थन प्राप्त भएको थियो । ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर विभिन्न सर्वेक्षणमा ३२ देखि ४१ प्रतिशत देखिएको छ । एनबीसी न्युजको सर्वेक्षणमा ५५ प्रतिशतले उनका नीतिले अर्थतन्त्रलाई हानि पुर्‍याएको र २६ प्रतिशतले सहयोग गरेको बताएका थिए । विज्ञापन अनुगमन कम्पनी एडइम्प्याक्टले यस निर्वाचन चक्रमा विज्ञापन खर्च ११ अर्ब ६० करोड डलर पुग्ने अनुमान गरेको छ । काइनेटिक पोलिटिकल इनसाइट्सको अनुमान ११ अर्ब ९६ करोड डलर छ । सन् २०२२ को मध्यावधि निर्वाचनमा आठ अर्ब ९० करोड डलर खर्च भएको थियो । क्यालिफोर्नियाको गभर्नर पदको प्रारम्भिक निर्वाचनमा मात्रै ३३ करोड डलर विज्ञापनमा खर्च भएको थियो । यस वर्ष कङ्ग्रेसका प्रारम्भिक निर्वाचनमा दुई हजार ४९७ उम्मेदवार सहभागी भएका थिए । प्रतिनिधिसभाका ४४ प्रतिस्पर्धामा सन् २०२४ का प्रमुख दलका उम्मेदवार पुनः भिड्दैछन् । राज्य तथा स्थानीय निर्वाचनसमेत जोड्दा देशभर यस्ता पुनः प्रतिस्पर्धा ४७४ पुगेका छन् । रासस

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका …

#निर्वाचन #अमेरिकी #मध्यावधि
Compare →
Bizshala
5d ago
अमेरिकी सेयर बजारमा भीषण पहिरो, न्यास्ड्याक–१०० को २५ खर्ब डलर स्वाहा !

अमेरिकी सेयर बजारमा भीषण पहिरो, न्यास्ड्याक–१०० को २५ खर्ब डलर स्वाहा !

काठमाण्डौ । अमेरिकी मध्यावधि चुनावपछि बुधबार उक्लिएको वाल स्ट्रिट बिहीबार उल्टियो। डेमोक्र्याटिक पार्टीले कंग्रेसका...

#अमेरिकी #मध्यावधि #डलर
Compare →
Arthasansar
5d ago
ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत...

#निर्वाचन #अमेरिकी
Compare →
Nagarik News
18h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Ekantipur
4d ago
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्

#अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2612