Trending
Prev Story
Next Story

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबिच भेटवार्ता

Nagarik News •
October 27, 2026 • 06:59 AM
1
1 reads 0 reactions

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबिच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको छ।

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबिच भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबिच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको छ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको हो।

भेटमा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई अध्ययनका क्रममा आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र सम्भावित समस्याको समाधानका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो।

साइप्रस नेपाली विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्ने गन्तव्य मुलुकमध्ये एक रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न साइप्रस सरकारका तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको छ। दुवै पक्षले उच्च शिक्षाको क्षेत्रमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा थप विस्तार गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताए।

उनले विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी दिँदै यस प्रक्रियामा आवश्यक नीतिगत सुधारका कामसमेत भइरहेको बताए।

भेटमा राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १० कार्तिक २०८३ १२:४४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्णः महासचिव पोखरेल

मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्णः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी लमजुङ र अनेरास्ववियु जिल्ला...

#पोखरेल
Compare →
Onlinekhabar
1w ago
युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल

युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल

१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज …

#पोखरेल
Compare →
Ekantipur
6d ago
एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्‍याएको बताए।

#पोखरेल
Compare →

Related Stories

Politics & Governance
Build #2612