लन्डन, १० कात्तिक । इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै सन् २०२६ को पुरुष ब्यालन डी’ओर जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो पुरस्कार जित्ने पहिलो इङ्लिस खेलाडी बनेका छन् ।
३३ वर्षीय बायर्न म्युनिखका फरवार्ड केनले गत सिजन क्लब र देशका लागि खेलेका ६५ खेलमा ७३ गोल गरेका थिए । उनको योगदानमा बायर्नले लिग र कप दुवै उपाधि जितेको थियो । विश्वकपमा तेस्रो भएको इङ्ल्यान्डका लागि उनले ६ गोल गरेका थिए । सन् २०२३ मा बायर्नमा आबद्ध भएपछि उनको उत्कृष्ट गोल प्रदर्शनले व्यक्तिगत सफलताको बाटो खोलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )