Trending
Prev Story
Next Story

पक्राउ पुर्जी जारी भएका म्यानपावर व्यवसायी ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोकिने

Ekantipur •
October 27, 2026 • 07:00 AM
1
1 reads 0 reactions

विभागले वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई २५ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये एक जना व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पुर्जी जारी भएका म्यानपावर व्यवसायी ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोकिने

विभागले वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई २५ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये एक जना व्यवसायी पक्राउ परेका छन् ।

वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेका मलेसियाद्वारा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकसहितका व्यवसायीलाई ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्ने सूचना सार्वजनिक गरेको छ ।

विभागले वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई २५ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये एक जना व्यवसायी रविन गुरुङ पक्राउ परेका छन् ।

‘वैदेशिक रोजगारसम्बन्धी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई यस विभागबाट यसअघि विभिन्न मितिमा पक्राउ पुर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुहुन यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरू तोकिएको मितिभित्र उपस्थित नभएमा वैदेशिक रोजगार ऐन, २०६४ लगायतका प्रचलित कानुनबमोजिम निजहरूको बैंकिङ कारोबार रहेको खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायतका आवश्यक अन्य कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै सूचनामार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

गत भदौको पहिलो साता मलेसियाले नेपालसहित १० वटा स्रोत देशबाट श्रमिक भर्ना गर्न म्यानपावर कम्पनी छनोट गरेको थियो । नेपालबाट २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल एजेन्सी’ र २५० वटा म्यानपावर कम्पनीलाई ‘सपोर्ट एजेन्सी’ का रूपमा छनोट गरेको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘कसरी २५ वटा म्यानपावरलाई मात्रै छनोट गरियो’ भन्ने विषयमा अनुसन्धान गरी कारबाही गर्न विभागलाई निर्देशन दिएको थियो । विभागले पहिलो चरणमा प्रिन्सिपल एजेन्सीका सञ्चालकसँग बयान लिन पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि ती म्यानपावर कम्पनीहरूले विभागसमक्ष ६ बुँदे स्पष्टीकरण दिएका थिए । विभागले ती कम्पनीहरूलाई ‘के, कति कारण र उद्देश्यले मलेसियाको एफडब्लूसीएमएस प्रणालीमा सूचीकृत भएको हो ? सूचीकरण हुने प्रक्रिया के थियो ? छनोटको मापदण्ड के रहेको थियो ? सूचीकरण हुने मूल्यांकनको आधार र विधि केकस्ता थिए ? उक्त प्रणालीमा संस्थाको नाम सूचीकरण हुन कुनकुन निकायबाट सिफारिस र स्वीकृति लिनुपर्ने थियो ? सूचीकृत हुने कार्यले नेपालका वैदेशिक रोजगार व्यवसायीहरूबीचको प्रतिस्पर्धालाई सीमित गर्छ वा गर्दैन ? र सूचीकृत हुने कार्यमा गैरकानुनी आर्थिक क्रियाकलाप भए/नभएको तथा यस कार्यबाट वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा अन्य प्रचलित कानुनको बर्खिलाप हुन्छ वा हुँदैन ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।

विभागले कारबाही प्रक्रिया पूरा नभएसम्म ती म्यानपावर कम्पनीका नाममा जारी हुने पूर्वश्रमस्वीकृतिमा रोक लगाइसकेको छ ।

छनोट भएका म्यानपावर सञ्चालकहरूले भने आफूहरू अनुसन्धानमा सबै प्रकारको सहयोग गर्न तयार रहेको जनाएका छन् । ‘श्रम मन्त्रालयले एक पटक मात्रै हामीसँग छलफल गरेको छ । छलफल गरेअनुसार हामीले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) बाट कूटनीतिक माध्यमबाट हटाइदिनु भन्दै लिखित रूपमा निवेदन पनि दिएका थियौँ,’ एक सञ्चालकले कान्तिपुरसँग भने, ‘विभागले मागेका हाम्रो कम्पनीको कारोबारसँग सम्बन्धित सबै कागजात बुझाइसकेका छौँ । छानबिनमा सहयोग गर्न तयार छौँ ।’

गत भदौ ६ गते मलेसियाको मानव संसाधन मन्त्रालय (केसुमा) ले विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याएको भन्दै विज्ञप्ति जारी गरेको थियो । जसअनुसार एफडब्लूसीएमएसमा सूचीकृत भएका म्यानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउने उल्लेख थियो । एफडब्लूसीएमएसमा नेपालका २५, फिलिपिन्सका ९९, श्रीलंकाका ४०, भियतनामका ४०, बंगलादेशका २५, कम्बोडियाका २३, भारतका १०, म्यानमारका १०, पाकिस्तानका १० र थाइल्यान्डको एउटा म्यानपावर कम्पनी सूचीकृत गरिएको उल्लेख छ ।

नेपालले यो छनोटप्रति असहमति जनाउँदै आएको छ । यसबारे नेपाल र मलेसियाबीच प्रधानमन्त्री र श्रममन्त्रीको तहमा छलफल भए पनि समाधान भएको छैन । श्रममन्त्रीस्तरमा भएको टेलिफोन वार्तामा श्रममन्त्री यादवले समकक्षीसमक्ष नेपालका इजाजतप्राप्त म्यानपावर कम्पनीलाई एफडब्लूसीएमएसमा समावेश गर्न आग्रह गर्नुका साथै म्यानपावर छनोटको मापदण्डमाथि पुनर्विचार गर्न अनुरोध गरेका थिए । तर, मलेसियाले २५ वटा म्यानपावरबाट मात्रै श्रमिक लिने भन्दै कूटनीतिक नोट पठाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

#जारी #व्यवसायी
Compare →
Bizshala
1w ago
कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन...

#जारी
Compare →
Hamro Patro News
1w ago
यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

गाडी भाडाको विषयमा झगडा गरी यात्रुलाई कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ परेका छन् । बुटवलको बसपार्कमा भाडाबारे विवाद हुँदा यात्रुमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ती व्यवसायीला...

#व्यवसायी
Compare →
Onlinekhabar
5h ago
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

२७ कात्तिक, काठमाडौं । जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए । पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार …

#व्यवसायी
Compare →

Related Stories

Business & Economy
Build #2611