Trending
Prev Story
Next Story

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् । केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका …

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त

१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।

केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलबाट घिमिरेले नियुक्तिपत्र बुझिसकेका छन् ।

यसअघि स्टाफ कलेजको कार्यकारी निर्देशक पदमा मन्त्रिपरिषद्बाट सीधै नियुक्ति गर्ने अभ्यास रहेकोमा यसपटक खुला प्रतिस्पर्धाबाट छनोटको विधि अपनाइएको थियो ।

कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकाहरुमध्ये डा. रामप्रसाद घिमिरेसहित गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा र बाबुराम अधिकारी र अञ्जु मिश्र संक्षिप्त सूचीमा थिए । तीमध्ये अन्तर्वार्ता, प्रस्तुतीकरण र योग्यता परीक्षण समेतका आधारमा घिमिरे नियुक्त भएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
15h ago
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ। नेपाल सरकारको ११औं तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्र...

#निर्देशक #कार्यकारी #नियुक्त
Compare →
Ekantipur
1w ago
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

#कार्यकारी #नियुक्त
Compare →

Related Stories

Technology
Build #2611