Trending
Prev Story
Next Story

गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग

Nagarik News •
October 27, 2026 • 05:38 AM
1
1 reads 0 reactions

नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।

गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग

नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।

नेपालले गाभीबाट २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप पाउने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ।

यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकम मिनाहा गराउन सफलता मिलेको छ।

मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै मिनाहा प्राप्त हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ।

नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्वपूर्ण रहँदै आएको छ।

विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।

प्रकाशित: १० कार्तिक २०८३ ११:२३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
बाँकेमा लम्पीस्किन रोगबिरुद्ध खोप अभियान

बाँकेमा लम्पीस्किन रोगबिरुद्ध खोप अभियान

बाँकेको केही स्थानीय तहमा गाईभैंसीमा लम्पीस्किन रोगको संक्रमण देखिन थालेपछि नियन्त्रण गर्न तथा फैलिन नदिन जिल्लाको चारवटा स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ । गत दुई महिनादेखि जिल्लामा लम्पी...

#खोप
Compare →

Related Stories

National (Nepal)
Build #2611