Trending
Prev Story
Next Story

कांग्रेस महाधिवेशन : सबै मतगणना सकियो, शपथग्रहण दसैंपछि

Ekantipur •
October 16, 2026 • 11:11 AM
1
1 reads 0 reactions

मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।

कांग्रेस महाधिवेशन : सबै मतगणना सकियो, शपथग्रहण दसैंपछि

मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।

काठमाडौँ — कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खस आर्य र थारू तर्फको मतगणना पनि राति अबेर सकिएको छ । सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केहीबेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ । अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो ।

गत असोज २३ गते मतदान गरी त्यही दिन राति सभापतिको मतगणना गरेर सुरु भएको मतगणना कार्य एक सातामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो ।

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो । १४औं महाधिवेशनमा ७ हजार ७ सय मतदाताको मतगणना गर्न १२ दिन लागेकामा यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक सातामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।

उनका अनुसार गणना सुरु भएकै दिनदेखि दिन र रातमा झन्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सिर्जना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

यस पटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उनले बताए । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।

अघिल्लो महाधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ । उनका अनुसार प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दसैंलगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् । - कांग्रेस मिडिया सेन्टरबाट प्राप्त जानकारीका आधारमा

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
14h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#मधेश #कांग्रेस
Compare →
Hamro Patro News
4d ago
अमेरिकाको मिसिसिपीमा सिनेट निर्वाचनको मतगणनामा विवाद, पुनः मतगणना हुन सक्ने

अमेरिकाको मिसिसिपीमा सिनेट निर्वाचनको मतगणनामा विवाद, पुनः मतगणना हुन सक्ने

काठमाडौं : अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो ...

#मतगणना
Compare →

Related Stories

National (Nepal)
Build #2611