न्युजिल्यान्ड : न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका दुई युवाले उम्मेदवारी दिएका छन्। अपरच्युनिटी पार्टीका तर्फबाट नेत्र घिमिरेले पाल्मस्र्टन नर्थ निर्वाचन क्षेत्र र ग्रिन पार्टीका तर्फबाट श्रीजन पाण्डेले क्राइस्ट चर्चको विग्राम निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्। फरक राजनीतिक पृष्ठभूमि र व्यावसायिक अनुभव भएका दुवै उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग भेटघाट गरिरहेका छन्।
दुवैले आफू आबद्ध राजनीतिक दलका नीति र आफ्ना प्राथमिकताबारे मतदातालाई जानकारी दिँदै समर्थनका लागि अपिल गरेका छन्। घिमिरेले शिक्षण पेसाबाट प्राप्त अनुभवका आधारमा युवाको भविष्य, शिक्षा, सीप विकास र जीवनयापनको बढ्दो खर्चलाई प्राथमिकतामा राखेका छन्। इलेक्ट्रिकल इन्जिनियर पाण्डेले भने स्वच्छ ऊर्जा, वातावरण संरक्षण, किफायती जीवनयापन र हरित प्रविधिमा लगानी बढाउने विषयलाई आफ्नो चुनावी एजेन्डामा समेटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )