Trending
Prev Story
Next Story

मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन आग्रह

Bizshala •
October 27, 2026 • 04:01 AM
1
1 reads 0 reactions

काठमाडौं। कृषि विकास कार्यालय धादिङले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको...

मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन आग्रह

काठमाडौं। कृषि विकास कार्यालय धादिङले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेकाले मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।

कार्यालयका अनुसार पाकिसकेको धान आजसम्म भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न उपयुक्त हुनेछ। तत्काल भित्र्याउन नसकिने धान मौसममा सुधार आएपछि काट्ने गरी समय मिलाउन पनि कार्यालयले सुझाव दिएको छ।

धान नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकास गर्न तथा हावाहुरी वा वर्षाले ढलेको धानको बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्न कार्यालयले अनुरोध गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
20h ago
२७ कार्तिक २०८३ : आजको मौसम अपडेट

२७ कार्तिक २०८३ : आजको मौसम अपडेट

नेपालभर आज तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म र धुवाँसहितको धमिलो वातावरण मौसम रहेको छ।

#मौसम
Compare →
Nagarik News
22h ago
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#मौसम
Compare →

Related Stories

Science & Climate
Build #2612