Trending
Prev Story
Next Story

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

Nagarik News •
October 27, 2026 • 01:05 AM
1
1 reads 0 reactions

बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन्।

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन्।

हेटौँडाको पहिचानका रुपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए।

दसैँको बिदामा हरेक वर्ष पर्यटकहरूको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टिकाको दिन पछि कोजाग्रत पूर्णिमासम्म दैनिक दुई हजारभन्दा बढी पर्यटकहरू स्मारकमा आउने गरेको जानकारी दिए।

एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेट्ने गरी १२ सहिद र ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश गरिएको सहिद स्तम्भदेखि यहाँ रहेका मनमोहन बाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना आदि प्रमुख आकर्षणका रुपमा रहेका छन्।

त्यस्तै विभिन्न जनावरहरू रहेको मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रीन हाउस, फोहोरासहितको पार्क आदिले यहाँको आकर्षण बढाएका छन्।

दसैँ बिदाको समयमा आउने पर्यटकलाई लक्षित गरी विजयादशमीका दिन पनि स्मारक खुला हुने जानकारी दिँदै लेखा अधिकृत बिडारीले वर्षको ३६५ दिन नै स्मारक खुल्ने गरेको जानकारी दिए। दसैँ बिदा अवधिमा पर्यटकले प्रवेशबापत काटेको टिकटबाट रु नौ लाख ३७ हजार ८६५ आम्दानी भएको उनले जानकारी दिए।

प्रकाशित: १० कार्तिक २०८३ ०६:५० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

पोखरा- पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकीययाम सुरु भएपछि सङ्ग्रहालयमा विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्राहलयका कार्यकारी निर्...

#अवलोकन #पर्यटक
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
Onlinekhabar
4d ago
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

२३ कात्तिक, काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडीपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ जारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ …

#स्मारक
Compare →
Ekantipur
4d ago
दसैं तिहार बिदामा स्कुल रंगाउँदै हेडसर

दसैं तिहार बिदामा स्कुल रंगाउँदै हेडसर

तुलसीपुरको सृजनशील आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोष परियारले विद्यार्थीमैत्री सिकाइका लागि बिदाको समय चित्र बनाउन र विद्यालय सजाउन खर्चिरहेका छन् ।

#दसैँ #बिदा
Compare →

Related Stories

Technology
Build #2611