Trending
Prev Story
Next Story

मिठाई व्यवसायीलाई विभागको निर्देशन, सामग्री र मूल्य स्पष्ट देखिने गरी राख्नुपर्ने

Bizshala •
October 16, 2026 • 11:10 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई उपभोक्ताले...

मिठाई व्यवसायीलाई विभागको निर्देशन, सामग्री र मूल्य स्पष्ट देखिने गरी राख्नुपर्ने

काठमाण्डौ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई उपभोक्ताले सहजै देख्ने गरी मिठाईको मुख्य कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग गरिसक्नुपर्ने मिति र मूल्य स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणलाई ध्यानमा राख्दै यस्तो सूचना जारी गरेको हो। मिठाई व्यवसायीले आफूले उत्पादन गरेको मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थबारे जानकारी दिनुपर्ने विभागले जनाएको छ।

त्यस्तै मिठाई कुन तेल वा घिउ प्रयोग गरी तयार गरिएको हो भन्ने विवरणसमेत खुलाउनुपर्नेछ। उपभोक्ताले मिठाई किन्नुअघि आवश्यक जानकारी पाउन सकून् भन्ने उद्देश्यले यी विवरण बिक्रीस्थलमै स्पष्ट देखिने गरी राख्न भनिएको छ।

विभागका अनुसार मिठाईको उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य समेत ग्राहकले सहजै देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा उल्लेख गर्नुपर्नेछ।

विभागले यो व्यवस्था २०८३ कात्तिक ११ गतेदेखि लागू हुने गरी होटल, मिठाई पसल, मिठाई भण्डारलगायत सम्बन्धित व्यवसायीलाई जानकारी गराएको छ।

निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।

विभाग वा मातहतका कार्यालयबाट व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गरी प्रदान गरिने ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत व्यवसायीलाई जानकारी गराइएको छ।

विभागले मिठाईको नाम, मुख्य सम्मिश्रण, तेल वा घिउको प्रकार, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य उल्लेख गर्न नमुना ढाँचासमेत सार्वजनिक गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

रुपन्देही । तिहार र छठ पर्वलाई लक्षित गरी लुम्बिनी प्रदेशमा यस वर्ष व्यावसायिक फूलखेती विस्तार भएको छ । प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यसबाट २७९ मेट्रिक टन फू...

#गरी #उत्पादन
Compare →
Onlinekhabar
9h ago
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

२७ कात्तिक, काठमाडौं । जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए । पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार …

#व्यवसायी
Compare →
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गरी
Compare →

Related Stories

Technology
Build #2612