मिक गोडट्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) आएयता गरेको पहिलो गोलको मदतले युरोपेली च्याम्पियन सोमबार लियोनमाथि २–० को जित रच्दै फ्रान्सेल लिग वानको शीर्ष स्थानमा उक्लेको छ ।
काठमाडौँ — मिक गोडट्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) आएयता गरेको पहिलो गोलको मदतले युरोपेली च्याम्पियन सोमबार लियोनमाथि २–० को जित रच्दै फ्रान्सेल लिग वानको शीर्ष स्थानमा उक्लेको छ ।
आयाक्सबाट पीएसजी आएका बेल्जियमका २१ वर्षीय खेलाडी गोड्टसकै पासमा सेनी मायुलुले पहिलो गोल गरे । सबै प्रतियोगितामा गरेर पीएसजीको यो लगातार आठौं जित हो ।
यससँगै क्लबले शीर्ष स्थानमा एक अंकको अग्रता लिएको छ । पीएसजीको आठ खेलबाट १७ अंक भएको छ भने रेनेस १६ अंकमा दोस्रो स्थानमा छ । चोटग्रस्ट खेलाडीको समस्याबाट गुज्रिरहेको पीएसजीका लागि यो जित राहतले भरिएको रहनेछ ।