Trending
Prev Story
Next Story

एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् बालोन डी’ओर

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को …

एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् बालोन डी’ओर

१० कात्तिक, काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्।

३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन्।

पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा लगातार बालोन डी’ओर जितेकी थिइन्। बोनमतीले भने २०२३, २०२४ र २०२५ मा यो अवार्ड जितेकी थिइन्। पछिल्ला ६ वर्षदेखि महिला बालोन डी’ओर स्पेनका खेलाडीले जित्दै आएका छन्। सन् २०१८ मा नर्वेकी आडा हेगरबर्ग र २०१९ मा अमेरिकाकी मेगन रापिनोले यो अवार्ड जितेका थिए।

सन् २०२२ मा घुँडाको एसीएल चोटका कारण लामो समय मैदानबाहिर रहेकी पुटेलासको यो जितलाई विश्व फुटबलको शीर्ष स्तरमा उनको पुनरागमनका रूपमा हेरिएको छ।

अवार्ड पाएपछि पुटेलासले विश्वभरका बालबालिकालाई आफूलाई मन पर्ने खेल खेल्न र आफ्नो क्षमतामा विश्वास गर्न आग्रह गरिन्। उनले फुटबल खेल्न केटा वा केटी हुनु, कहाँबाट आएको हुनु वा अरूले के भन्छन् भन्ने कुराले फरक नपर्ने बताइन्।

फिफा वरीयताका शीर्ष ५० देशका अन्तर्राष्ट्रिय पत्रकारहरूको मतका आधारमा पुटेलासले सर्वाधिक मत प्राप्त गरेकी थिइन्। बार्सिलोनाकी स्ट्राइकर एवा पाजोर दोस्रो र म्यानचेस्टर सिटीकी फरवार्ड खदिजा शा तेस्रो स्थानमा रहे।

यसैबीच, पुरुषतर्फ इंग्ल्यान्डका कप्तान ह्यारी केनले बालोन डी’ओर जितेका छन्। उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
नेपालको स्तरोन्नतिको समयसीमा किन पटक–पटक थपिन्छ ?

नेपालको स्तरोन्नतिको समयसीमा किन पटक–पटक थपिन्छ ?

काठमाडौँ । नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने समय तीन वर्ष पछि धकेलिएको छ । यसरी समय सरेको यो तेस्रो पटक हो । नेपाल अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने ...

#पटक
Compare →
Bizshala
1w ago
दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

काठमाण्डौ । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ठेक्का प्रक्रियामा आएको अवरोधका कारण पुनः...

#पटक
Compare →
Nagarik News
1w ago
डा. केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश होइन : तोसिमा कार्की

डा. केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश होइन : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छन्।

#पटक
Compare →

Related Stories

Sports
Build #2611