ह्यारी केनले सोमबार बालोन डोर अवार्ड जितेका छन् र यसक्रममा उनी यस अवार्ड जित्ने २५ वर्षयताका पहिलो इंग्लिस खेलाडी भएका छन् ।
काठमाडौँ — ह्यारी केनले सोमबार बालोन डोर अवार्ड जितेका छन् र यसक्रममा उनी यस अवार्ड जित्ने २५ वर्षयताका पहिलो इंग्लिस खेलाडी भएका छन् । लामिने यामल र किलियन एमबापेले तेर्साएको कडा चुनौतीलाई पन्छाएर उनी विजेता घोषित भएका हुन् ।
महिलातर्फ लगातार तेस्रो पल्ट स्पेनकी एलेक्सिया पुटेलास विजेना बनिन् । गत सिजन महिलाको युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको बलियो प्रदर्शनका कारण उनी विजेता बनेकी हुन् । लन्डनमा आयोजित कार्यक्रममा अवार्ड इंग्लिस खेलाडीकै नाममा रहेको हो ।
बायर्न म्युनिकका ३३ वर्षीय फरवार्डले गत सिजन आफ्नो देश र क्लबका लागि गरेर ६५ खेलमा अविश्वसनीय ७३ गोल गरेका थिए । यसक्रममा बायर्नले घरेलु लिग र कप दुवै जितेको थियो । विश्वकप २०२६ मा भने इंग्ल्यान्ड तेस्रो रह्यो र त्यसमा उनले छ गोल गरेका थिए ।
अवार्ड जितेपछि केनले भने, ‘बायर्न म्युनिकका साथी खेलाडी विना यो अवार्ड सम्भव थिएन् । उनीहरूले मलाई जहिल्यै राम्रो खेल्ने प्रेरित गरे । त्यसैले धेरै धन्यवाद ।’