Trending
Prev Story
Next Story

सर्बियामा नेताविहिन विद्यार्थी समूहलाई बहुमत, कसले गर्ला सरकारको नेतृत्व ?

Ekantipur •
October 26, 2026 • 02:30 PM
1
1 reads 0 reactions

पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहेको सर्बियामा विद्यार्थीहरुले कुनै औपचारिक पार्टी गठन गरेका थिएनन् । बरु, सहमतिका आधारमा स्टुडेन्ट लिस्ट नाममा एक नागरिक अभियानका रुपमा आफ्ना उम्मेदवारहरुको सुची निर्वाचन आयोगमा बुझाएका थिए

सर्बियामा नेताविहिन विद्यार्थी समूहलाई बहुमत, कसले गर्ला सरकारको नेतृत्व ?

पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहेको सर्बियामा विद्यार्थीहरुले कुनै औपचारिक पार्टी गठन गरेका थिएनन् । बरु, सहमतिका आधारमा स्टुडेन्ट लिस्ट नाममा एक नागरिक अभियानका रुपमा आफ्ना उम्मेदवारहरुको सुची निर्वाचन आयोगमा बुझाएका थिए

बेलग्रेड — सर्बियामा लामो समयदेखि सत्तामा रहेका नेता अलेक्जेन्डर भुचिचको पार्टी आम निर्वाचनमा आन्दोलनकारी युवा विद्यार्थीहरुसँग पराजित भएको छ । तर विद्यार्थीहरुसँग घोषित नेता छैनन ् । बन्दसूचीमा रहेका अधिकांश उम्मेदवार पनि परिचित अनुहार होइनन् ।

निर्वाचन आयोगका अनुसार करिब ९९ प्रतिशत मत गणना हुँदा विद्यार्थीहरूको समुह 'स्टुडेन्ट लिस्ट' पक्षमा ५२.७ प्रतिशत मत खसेको छ । यता, भुचिचको सर्बियाली प्रोग्रेसिभ पार्टी (एसएनएस) गठबन्धनले भने ३९.२ प्रतिशत मत प्राप्त गरेको छ ।

यस परिणामसँगै २५० सदस्यीय संसद्मा विद्यार्थीहरूले १३९ सिट सुरक्षित गरेका छन् भने एसएनएस गठबन्धन ९७ सिटमा खुम्चिएको छ । बाँकी सिटहरू भने साना तथा अल्पसंख्यक दलहरूको पोल्टामा गएका छन् ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहेको सर्बियामा विद्यार्थीहरुले कुनै औपचारिक पार्टी गठन गरेका थिएनन् । बरु, सहमतिका आधारमा स्टुडेन्ट लिस्ट नाममा एक नागरिक अभियानका रुपमा आफ्ना उम्मेदवारहरुको सुची निर्वाचन आयोगमा बुझाएका थिए ।

निर्वाचनको तयारीका लागि समय पर्याप्त नभएका कारण उनीहरुले संगठन निर्माण र नेतृत्व चयनमा काम गर्न पाएनन् । जसकारण भुचिचलाई यसपटक पनि आफ्नो पार्टी विजयी हुने आत्मविश्वास थियो । जो गलत साबित भयो ।

कुनै औपचारिक संगठन नै निर्माण नभएकाले यस समुहमा कोही पनि नेता छैन । आगामी दिनमा विद्यार्थी सांसद्‍हरुको नेतृत्व कसले गर्ने भन्‍ने पनि स्पष्ट छैन । जसकारण, नयाँ नेतृत्वले कसरी शासन सञ्चालन गर्छ भन्ने विषय अहिले चर्चा र अन्योलमा छ ।

यस सुचीमा हृदयरोग विशेषज्ञ इलिया सर्दानोभिच, केन्द्रीय बैंकका पूर्वगभर्नर देजान सोस्किच र बेलग्रेड विश्वविद्यालयका प्राध्यापक रादोमिर साजिकजस्ता प्रमुख व्यक्तित्वहरू समावेश छन् । इलियाले विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

तर, बन्द सुचीमा समावेश धेरै नामहरुलाई आम मानिसले चिन्दैनन् । विश्वविद्यालयका प्राध्यापक, कलाकार, किसान, विद्यार्थी, पेशाकर्मीलगायतको नाम यसमा समावेश छ ।

यो चुनावी परिणामले देशैभरि खुसियाली छाएको छ । आइतबार राति भुचिचले आफ्नो पराजय स्वीकार गरेपछि राजधानी बेलग्रेडसहित सर्बियाका विभिन्न सहर र बस्तीहरूमा हजारौं मानिस सडकमा उत्रिएका थिए ।

पपुलिस्ट नेता भुचिच सन् २०१४ देखि कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपतिका रुपमा सर्बियाको नेतृत्वमा थिए । तर, दुई वर्षअघि नोभि साद सहरस्थित एक रेलवे स्टेसनको छानो भत्किँदा १६ जनाको ज्यान गएको घटनाले उनको राजनीति संकटमा पर्‍यो । जीर्ण पूर्वाधारका कारण यस्तो स्थिति उत्पन्न उत्पन्न भएको भन्दै आन्दोलन सुरु भयो । सरकारले पूर्वाधारण निर्माणमा भ्रस्टाचार गरेको विद्यार्थीहरुको आरोप थियो । अन्ततः आन्दोलन देशैभर फैलियो ।

भुचिच र उनको पार्टीले भ्रष्टाचारको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ । शान्तिपूर्ण आन्दोलनमा दमन गरेको विद्यार्थीहरुको आरोपलाई पनि उनीहरुले अस्विकार गरेका छन् ।

लगातारको विरोध प्रदर्शनपछि गत सेप्टेम्बरको अन्त्यमा भुचिचले राष्ट्रपति पदबाट राजीनामा गर्दै संसद्को समय सकिनुअगावै नयाँ निर्वाचन घोषणा गरे । संसद्की सभामुख तथा पूर्व प्रधानमन्त्री अना बर्नाविकले यसपछि कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालिन् । उक्त निर्वाचनको समानुपातिक सुचीमा एसएनएस पार्टीका तर्फबाट भुचिचले आफुलाई पहिलो नम्बरमा राखे ।

अन्ततः विद्यार्थीहरुसामु उनी पराजित भएका छन् ।  करिब ६५ लाख जनसंख्या भएको यस देशमा विद्यार्थीहरूको यो जितले एक गहिरो राजनीतिक परिवर्तनको संकेत गरेको छ । युरोपका अन्य देशमा प्रदर्शन गरिरहेका विद्यार्थीहरुलाई पनि यसले प्रेरित गर्नसक्छ ।

विद्यार्थीहरूले भ्रष्टाचार उन्मूलन गर्ने र शिक्षा प्रणाली सुधारलाई प्रमुख एजेन्डा बनाएका छन् ।

६० वर्षीया इन्स्योरेन्स कामदार स्भेतलाना काराग्कोजिडोउले आशावादी हुँदै भनिन्, ‘हाम्रो जीवनका सबै क्षेत्रमा प्रवेश गरेको यो भ्रष्टाचार अब अन्त्य हुनेछ । पक्कै परिवर्तन हुनेछ । हामी बिस्तारै एक सामान्य समाजतर्फ अगाडि बढ्नेछौं भन्ने आशा गरेका छौं ।’

यद्यपि, सबैले यो परिवर्तनलाई स्वागत भने गरेका छैनन् ।

६० वर्षीया निजामती कर्मचारी सेन्का राडाकोभिचले भनिन्, 'यसरी अचानक र एकैपटक देशलाई परिवर्तन गर्ने कुरा मलाई मन पर्दैन। यसको पछाडि को उभिएको छ, ती मानिसहरू को हुन् र कसले देशको नेतृत्व गर्नेछन् भन्ने मलाई थाहा पनि छैन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि

स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि

देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी १०७ जनप्रतिनिधिका पद रिक्त रहे पनि ती पदपूर्तिका लागि उपनिर्वाचन प्रक्रिया अझै अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रत...

#निर्वाचन #रहे
Compare →

Related Stories

Politics & Governance
Build #2611