Trending
Prev Story
Next Story

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

९ कात्तिक, किन्शासा (रासस/क्युएनए)। प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन् । परीक्षणबाट खोपको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै …

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

९ कात्तिक, किन्शासा (रासस/क्युएनए)। प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन् । परीक्षणबाट खोपको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै यसको प्रयोगका लागि उपयुक्त समूह पहिचान गरिनेछ ।

परीक्षणका विभिन्न चरणमा खोपका सम्भावित दुष्प्रभावसमेत निगरानी गरिनेछ । विशेषज्ञहरूले परीक्षण सुरु हुँदैमा खोप सामान्य प्रयोगका लागि स्वीकृत भएको वा यसको प्रभावकारिता प्रमाणित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारेका छन् । खोपको प्रभावकारिताबारे निष्कर्ष निकाल्न क्लिनिकल अध्ययनका विभिन्न चरणमा सङ्कलन गरिएको तथ्याङ्क विश्लेषण गर्नुपर्नेछ ।

स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितको पहिचान र निगरानी, बिरामीलाई अलग राख्ने, उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिइरहेका छन् । भाइरसको प्रसार नियन्त्रण गर्न यी उपाय महत्त्वपूर्ण मानिन्छन् । साथै, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ ।

डीआर कङ्गोले गत मे महिनाको मध्यतिर इबोला प्रकोप घोषणा गरेको थियो । इबोला अत्यन्त घातक रोग हो, जसले विगत ५० वर्षमा अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । नयाँ खोपको परीक्षणलाई प्रकोप नियन्त्रणका लागि भइरहेका प्रयासको एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
डीआर कङ्गोमा इबोला नियन्त्रण गर्न नयाँ खोपको परीक्षण सुरु

डीआर कङ्गोमा इबोला नियन्त्रण गर्न नयाँ खोपको परीक्षण सुरु

• प्रजातान्त्रिक गणतन्त्र कङ्गोले इबोला रोगको फैलावट नियन्त्रणका लागि नयाँ खोपको परीक्षण सुरु गरेको छ। • खोपको सुरक्षा, प्रभावकारिता र सम्भावित दुष्प्रभावको मूल्याङ्कन गरिनेछ, तर यसको सामान्य प्रयो…

#खोप #परीक्षण #कङ्गो
Compare →
Ekantipur
2w ago
कंगोमा इबोला खोपको परीक्षण सुरु

कंगोमा इबोला खोपको परीक्षण सुरु

परीक्षणका विभिन्न चरणमा खोपका सम्भावित दुष्प्रभावसमेत निगरानी गरिनेछ

#खोप #परीक्षण #इबोला
Compare →
Nagarik News
4w ago
कङ्गोमा इबोलाबाट चार हजारभन्दा बढीको मृ*त्यु

कङ्गोमा इबोलाबाट चार हजारभन्दा बढीको मृ*त्यु

गत मे १५ मा प्रकोप घोषणा गरिएयता नौ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

#कङ्गो #इबोला
Compare →
Bizshala
2w ago
नेपाललाई गाभीको ठूलो साथ : साढे ८ अर्बभन्दा बढीको खोप सहयोग, ३ लाख डलरभन्दा बढी ऋणसमेत मिनाहा

नेपाललाई गाभीको ठूलो साथ : साढे ८ अर्बभन्दा बढीको खोप सहयोग, ३ लाख डलरभन्दा बढी ऋणसमेत मिनाहा

काठमाण्डौ । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप...

#खोप
Compare →

Related Stories

Health & Wellness
Build #2612