Trending
Prev Story
Next Story

६ महिनायताकै उच्च बिन्दुनजिक पुगेको तेलको मूल्य घट्यो, आपूर्ति चिन्ता कायमै

Bizshala •
October 26, 2026 • 08:39 AM
1
1 reads 0 reactions

काठमाडौं । गत साताको अन्त्यतिर करिब ६ महिनायताकै उच्च बिन्दुनजिक पुगेको कच्चा तेलको मूल्य सोमबार घटेको छ । यद्यपि, साउदी...

६ महिनायताकै उच्च बिन्दुनजिक पुगेको तेलको मूल्य घट्यो, आपूर्ति चिन्ता कायमै

काठमाडौं । गत साताको अन्त्यतिर करिब ६ महिनायताकै उच्च बिन्दुनजिक पुगेको कच्चा तेलको मूल्य सोमबार घटेको छ । यद्यपि, साउदी अरबमाथि भइरहेका आक्रमणका कारण तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता कायमै छ ।

सोमबार ग्रिनविच समयअनुसार बिहान २ः३२ बजे अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई)को मूल्य प्रतिब्यारेल २(१४ डलर अर्थात् २.०७ प्रतिशतले घटेर १०१.१३ डलरमा झरेको छ । त्यस्तै, ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल २.१२ डलर अर्थात् १.८२ प्रतिशतले घटेर ११४.६० डलर कायम भएको छ ।

गत शनिबार साउदी अरबमा हुथी विद्रोहीले गरेको आक्रमणपछि ऊर्जा आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढ्दा शुक्रबार तेलको मूल्य प्रतिब्यारेल करिब ३ डलरले बढेर कारोबार बन्द भएको थियो । उक्त साता ब्रेन्ट कच्चा तेलको मूल्य ६ प्रतिशत र डब्ल्यूटीआईको मूल्य २.३ प्रतिशतले बढेको थियो ।

सप्ताहन्तमा पनि आक्रमण जारी रहे । हुथी समूहले शनिबार साउदी अरबको विमानस्थल र तेल प्रशोधन तथा भण्डारणसम्बन्धी पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो । आइतबार साउदी अरबले थप क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै निष्क्रिय पारेको बताएको थियो ।

हुथी आक्रमणको अघिल्लो चरणमा क्षति पुगेपछि बन्द भएको साउदी अरबको प्रमुख विमानस्थलले आइतबारदेखि आंशिक सेवा पुनः सुरु गरेको छ । यद्यपि, हुथी समूहले उक्त विमानस्थललाई निरन्तर निशाना बनाइरहने चेतावनी दिएको छ ।

यसैबीच, क्षेत्रीय आपूर्ति शृङ्खलालाई थप सुरक्षित र उत्थानशील बनाउन साउदी अरबले सन् २०२७ को दोस्रो अर्धवार्षिक अवधिदेखि सिङ्गापुरमा कच्चा तेल भण्डारण गर्न सुरु गर्ने भएको छ । साउदी अरब र सिङ्गापुरका ऊर्जा मन्त्रीहरूले सोमबार यसबारे जानकारी दिएका हुन् ।

अमेरिकामा पनि तेल आपूर्तिमा आएको अवरोध सम्बोधन गर्न कदम चालिएको छ । अमेरिकी ऊर्जा विभागले लुइजियाना राज्यस्थित एक तेल प्रशोधन केन्द्रमा आपूर्ति अवरुद्ध भएपछि रणनीतिक पेट्रोलियम भण्डारबाट ४ लाख ब्यारेल तेल बजारमा उपलब्ध गराउन शुक्रबार अनुमति दिएको जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल

इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल

अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुने सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। विश्व बजारको प्रमुख मानक ब्रेन्ट क्रुडको मूल्य मंगलबार प्रतिब्यारेल ९० अ...

#तेल #कच्चा
Compare →
Onlinekhabar
3d ago
इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ । अमेरिका र इरानबीचको युद्ध अन्त्य हुनसक्ने आशा बढेसँगै तेलको मूल्यमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको …

#तेल #कच्चा
Compare →
Arthasansar
2d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2612