Trending
Prev Story
Next Story

दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना, मानवीय क्षति कति ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, विराटनगर । यस वर्षको दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना गम्भीर घाइते र ७१० जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग …

दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना, मानवीय क्षति कति ?

९ कात्तिक, विराटनगर । यस वर्षको दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना गम्भीर घाइते र ७१० जना सामान्य घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा ४१३ दुर्घटना हुँदा १७ जना पुरुष र दुई बालिकासहित ५ महिलाको मृत्यु भएको हो । यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो ।

२०८२ सालको दशैं अवधिमा २९१ दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो । ५८ जना गम्भीर र ५०६ जना सामान्य घाइते भएका थिए ।

यो वर्ष दुर्घटना संख्या भने बढी छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक विकास थपलियाका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना मोरङमा भएको छ ।

दशैंभर मोरङमा सबैभन्दा धेरै १७० वटा दुर्घटना भए । यी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन् ।

सुनसरीमा ८७ वटा दुर्घटना हुँदा ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ । सुनसरीमा १५६ जना घाइते भएका छन् ।

झापामा ८४ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो भने १३९ जना घाइते भएका छन् । उदयपुरमा ३३ वटा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ८९ जना घाइते भएका छन् ।

पहाडी जिल्लातर्फ इलाममा १० दुर्घटनामा २० जना घाइते भएका छन् । पाँचथरमा ७ दुर्घटनामा १२ जना, खोटाङमा ७ दुर्घटनामा ९ जना, ओखलढुंगामा ५ दुर्घटनामा ७ जना, संखुवासभामा ४ दुर्घटनामा ६ जना र ताप्लेजुङमा ३ दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दशैंको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूमाथि पनि प्रहरीले कडाइ गरेको थियो । नियम मिच्ने २ हजार ४५७ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । ती सवारीबाट जरिबाना वापत २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Ekantipur
14h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#दुर्घटना #घाइते
Compare →
Nagarik News
15h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Bizshala
16h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #क्षति
Compare →
Arthasansar
14h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612