Trending
Prev Story
Next Story

‘गणतन्त्रपछिका उपलब्धिकाे नयाँ पुस्ताले सम्मान गर्नुपर्छ’

Nagarik News •
October 26, 2026 • 07:37 AM
1
1 reads 0 reactions

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन्।

‘गणतन्त्रपछिका उपलब्धिकाे नयाँ पुस्ताले सम्मान गर्नुपर्छ’

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन्।

अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालमा पढेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले विगतमा चामल र नुन ल्याउनसमेत कठिन हुने कर्णालीमा अहिले सडक सञ्जाल विस्तार हुनु, गाउँमा बिजुली पुग्नु र नागरिकका हातहातमा मोबाइल हुनु परिवर्तनका महत्त्वपूर्ण उदाहरण भएको भएको बताए।

कर्णालीवासीका विगतको दुःख सम्झिंदै मुख्यमन्त्री शाहीले विगतको अवस्थालाई अहिलेको परिवेशसँग तुलना गर्दै सङ्घीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।

विगत सम्झँदै उनले भने, “२०४१ सालमा यही विद्यालयमा पढ्दा चामल ल्याउन बाजुराको कोल्टी र मार्तडी जानुपर्थ्याे, बाटोमा भारी बोकेर जान्थ्यौँ र उताबाट चामल ल्याउँदा पनि आफैँ भारी बोकेर आउनुपर्थ्यो।”

विद्यार्थी जीवनमा मट्टीतेलको अभाव हुँदा झरो बालेर पढ्नुपरेको सम्झिंदै अहिले गाउँगाउँमा सडक र विद्युत् पुगेको तथा सञ्चार सेवाको पहुँच विस्तार भएको पक्षल सबैले मनन गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री शाहीले औंल्याए।

उनले भौतिक विकाससँगै सामाजिक क्षेत्रमा पनि परिवर्तन आएको उल्लेख गरे। सामाजिक सम्मान र अधिकारका क्षेत्रमा पनि वर्णनयोग्य सुधार आएको बताउँदै उनले भने, “समाजका सबै जातजाति र समुदायले अहिले सम्मानपूर्वक बाँच्न पाएका छौं।”

प्रकाशित: ९ कार्तिक २०८३ १३:२२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि इजरायल...

#कर्णाली #मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611