Trending
Prev Story
Next Story

एनपीएलको तेस्रो संस्करण : के भइरहेछ तयारी ?

Ekantipur •
October 26, 2026 • 08:00 AM
1
1 reads 0 reactions

आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुँदै छ । ८ फ्रेन्चाइज टोली सहभागी यो सिजनमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरिएको छ । डेभिड वार्नर (अस्ट्रेलिया), आन्द्रे रसेल (वेस्ट इन्डिज) र शाकिब अल हसन (बंगलादेश) जस्ता चर्चित विदेशी खेलाडीको सहभागिताले यो सिजनलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ । एनपीएलसँग सम्बन्धित अपडेटका निम्ति इकान्तिपुरको लाइभ अपडेट पछ्याउनुहोस् ।

१ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ । यो सिजनका सम्पूर्ण अपडेटका निम्ति हाम्रा खेल संवाददाताहरू कीर्तिपुरस्थित क्रिकेट मैदानमा छन् ।

खेल अपडेटका अलावा फ्यानहरूको रुचि अनि यसले पारिरहेको आर्थिक–सामाजिक प्रभावका बारेमा पनि हामी निरन्तर अपडेट गराउनेछौँ । कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख पाण्डे, खेल पत्रकार हिमेश बज्राचार्य, फोटो पत्रकार हेमन्त श्रेष्ठ र अंगद ढकाल, डेस्क एडिटरहरू कञ्चन अधिकारी र ध्रुव तुलाधर निरन्तर अपडेटमा रहनुहुनेछ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले एनपीएलको तेस्रो संस्करणको सुरक्षार्थ एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

आजदेखि सुरु भएको एनपीएलमा विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरिनुका साथै खोज, उद्धार र निकासी (सर्च, रेस्क्यु एन्ड इभ्याकुएसन)का लागि २४ वटा सेक्टर पहिचान गरिएको छ । सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी एनपीएल सुरक्षामा खटिने उनको भनाइ छ । यसबाहेक एक सयभन्दा बढी सादा पोसाकमा सुरक्षाकर्मी परिचालन हुनेछन् । -किरण पौडेल

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पहिलो खेल हुनेछ । लुम्बिनीको नेतृत्व रोहित पौडेल र सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्दै छन् । दीपेन्द्र पहिलो सिजन र रोहित दोस्रो सिजन एनपीएलको उत्कृष्ट नेपाली खेलाडी बन्दै कार पुरस्कार पाएका थिए ।

१ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ । यो सिजनका सम्पूर्ण अपडेटका निम्ति हाम्रा खेल संवाददाताहरू कीर्तिपुरस्थित क्रिकेट मैदानमा छन् ।

खेल अपडेटका अलावा फ्यानहरूको रुचि अनि यसले पारिरहेको आर्थिक–सामाजिक प्रभावका बारेमा पनि हामी निरन्तर अपडेट गराउनेछौँ । कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख पाण्डे, खेल पत्रकार हिमेश बज्राचार्य, फोटो पत्रकार हेमन्त श्रेष्ठ र अंगद ढकाल, डेस्क एडिटरहरू कञ्चन अधिकारी र ध्रुव तुलाधर निरन्तर अपडेटमा रहनुहुनेछ ।

प्रधानमन्त्री वालेन्द्र शाह एनपीएल क्रिकेटको उद्‌घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्‌घाटनमा सहभागी हुने बताइन् । कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्‌घाटन दिउँसो ५ बजे हुनेछ ।

नेपाल प्रिमियर लिगको कर्णाली याक्समा आबद्ध पाकिस्तानका साहिबजादा फरहान फर्किने भएका छन् ।  पाकिस्तान क्रिकेट बोर्डले टी ट्वान्टी टिमका कप्तान फरहानलाई फिर्ता पठाइदिन भन्दै इमेल गरेको कर्णालीका मालिक गृहेन्द्र घिमिरेले जानकारी दिए । उनी ३१ तारिखमा नेपाल आउने सर्तमा पाकिस्तान जाने भएका हुन् । फरहानले एनपीएलका सुरुवाती दुई खेल गुमाउनेछन्  । कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्स र बिहीबार विराटनगर किंग्ससँग  खेल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो सिज...

#एनपीएल #प्रिमियर-लिग #सिजन
Compare →
Nagarik News
10h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
52m ago
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
3h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2611