Trending
Prev Story
Next Story

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

Nagarik News •
October 26, 2026 • 02:23 AM
1
1 reads 0 reactions

दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ।

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ। क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो।

क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ। चितवन राइनोज स्पोर्टस क्लबका अध्यक्ष आयुष न्यौपानेले  दुर्लभ एक सिङ्गै गैँडा संरक्षणमा क्लब लागेको बताए। उनले भने, 'हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ।'

यस क्लबले एक सिङ्गे गैँडाको तस्बिर राखेर संरक्षणका लागि सन्देश प्रवाह गर्दै आएको छ। चितवन मेडिकल कलेजको भगिनी संस्था ‘चितवन राइनोज’ले पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडालाई अहिले क्रिकेटको माध्यमबाट थप चिनाउँदै आएको छ। त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राइनोज’ ले खेलमार्फत चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको ‘चितवन राइनोज’दोस्रो संस्करणमा सातौँ बनेको थियो। अहिले पहिलो बन्ने तयारीसहित मैदानमा उत्रिएको क्लबका निर्देशक प्रताप देवकोटाले बताए। चितवन राइनोजको समर्थनमा चितवनको वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकको चित्वन स्पाइसी हर्बलगायत जिल्लाका विभिन्न स्थानमा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उनले जानकारी दिए।

‘चितवन राइनोज’ले संरक्षणमा जोड दिँदै विभिन्न स्थानीय क्लबहरूलाई सहयोग गर्ने गरेको उनले बताए। भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग पनि गरेको यस क्लबले जिल्लामा हुने साङ्गीतिक कार्यक्रमहरुमा प्रायोजकका रूपमा सहकार्य गर्ने गरेको क्लबका निर्देशक देवकोटाले बताए। उनले भने, 'गैँडा संरक्षण गर्दै क्रिकेट खेलको प्रवर्द्धनमा हामी लागेका छौँ।'

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैँमा गर्वको विषय भएको बताए। उनले भने, 'चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो।' खेलले अनुशासित बनाउने जनाउँदै उनले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताए।

‘चितवन राइनोज’ खेल मैदानमा  तयारी गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ। सडक किनारका पोल, होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राइनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ।

आजबाट एनपिएलको तेस्रो सिजनको खेल सुरु हुँदैछ। यसपालि उपाधि विजेता टोलीले रु एक करोड ५० लाख प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीलाई रु ८० लाख प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलोपटक एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ।

प्रकाशित: ९ कार्तिक २०८३ ०८:०८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा LIVE UPDATES

चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कीर्ति...

#चितवन #राइनोज
Compare →
Ekantipur
8h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#चितवन #राइनोज
Compare →
Arthasansar
9h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Onlinekhabar
9h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#चितवन
Compare →

Related Stories

Technology
Build #2612