फरहानले एनपीएलका सुरुवाती दुई खेल गुमाउनेछन् । पाकिस्तान बोर्डले आफ्ना खेलाडीका लागि एनपीएल फ्रेन्चाइज टिमसँग २५ हजार डलर माग गरेको छ ।
काठमाडौँ — नेपाल प्रिमियर लिगको कर्णाली याक्समा आबद्ध पाकिस्तानका साहिबजादा फरहान फर्किने भएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले टी ट्वान्टी टिमका कप्तान फरहानलाई फिर्ता पठाइदिन भन्दै इमेल गरेको कर्णालीका मालिक गृहेन्द्र घिमिरेले जानकारी दिए । उनी ३१ तारिखमा नेपाल आउने सर्तमा पाकिस्तान जाने भएका हुन् ।
फरहानले एनपीएलका सुरुवाती दुई खेल गुमाउनेछन् । कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्स र बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ ।
कर्णालीमा पाकिस्तानका दुई खेलाडी छन् । पाकिस्तान बोर्डले आफ्ना खेलाडीका लागि एनपीएल फ्रेन्चाइज टिमसँग २५ हजार डलर माग गरेको छ । कर्णालीले हुसेन तलातका लागि २५ हजार डलर तिर्ने भएको छ ।