Trending
Prev Story
Next Story

दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने

Arthasansar •
October 07, 2026 • 04:09 PM
2
2 reads 0 reactions

नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको...

दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने

नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ । भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगर्ने नीति लिइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार १ असोजदेखि राष्ट्र बैंकको थापाथली, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था भइरहेको छ भने पछिल्ला चार–पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्वका अवसरमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै आएको छ । भदौ ३१ गतेसम्म मुलुकमा ७ खर्ब ९४ अर्ब रुपैयाँ करेन्सी इन सर्कुलेसन रहेको बैंकले जनाएको छ । दसैँका समयमा उक्त रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
टर्कीमा नमिलेको १०० अर्ब डलरको हिसाब!

टर्कीमा नमिलेको १०० अर्ब डलरको हिसाब!

टर्कीको अन्ताल्यामा जारी विश्व जलवायु सम्मेलनमा १०० अर्ब अमेरिकी डलरको हिसाब मिलेको छैन। धनी देशहरू भन्छन्— विकासशील देशलाई वार्षिक १०० अर्ब डलर जलवायु सहायता दिने प्रतिबद्धता पूरा भइसक्यो। विकास...

#१००
Compare →
Onlinekhabar
3d ago
नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर …

#नोट
Compare →
Nagarik News
4d ago
विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ।

#१००
Compare →

Related Stories

Business & Economy
Build #2612