Trending
Prev Story
Next Story

रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल

Nagarik News •
October 25, 2026 • 03:03 PM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्।

रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्।

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने उल्लेख गरे।

उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए। ‘बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो’, उनले भने, ‘कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौं।’

महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे। कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रुपान्तरणको अनुभूति दिलाउने उनको भनाइ थियो।

सरकारको स्थिरताबारे पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए। सरकारको स्थिरताका पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने कांग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले चाडपर्वले एकता र सद्भावको भावना विकास गर्ने बताए।

प्रकाशित: ८ कार्तिक २०८३ २०:४८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
12h ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाममा...

#कांग्रेस #पौडेल #महामन्त्री
Compare →
Onlinekhabar
9h ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#कांग्रेस #पौडेल #प्रदीप
Compare →

Related Stories

Politics & Governance
Build #2611