Trending
Prev Story
Next Story

इरानद्वारा इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

Nagarik News •
October 25, 2026 • 12:24 PM
1
1 reads 0 reactions

इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ।

इरानद्वारा इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। तेहरानस्थित मेहर समाचार एजेन्सीले आइतबार यसबारे जानकारी दिएको हो।

समाचार एजेन्सीका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले सञ्चालन गरेको ड्रोन आक्रमणमा बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई शनिबार राति निशाना बनाइएको थियो। इरानले उक्त समूहलाई आतङ्कवादी तथा पृथकतावादी सङ्गठनका रूपमा लिँदै आएको छ।

इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा इरानी कुर्द विपक्षी लडाकु समूहका विभिन्न शिविर र आधार रहेका छन्। मध्यपूर्वमा फेब्रुअरीमा द्वन्द्व सुरु भएयता इरानले यी समूहलाई पटकपटक निशाना बनाउँदै आएको छ।

तेहरानले इरानी कुर्द लडाकु समूहहरूलाई आफ्नो कट्टर शत्रु इजरायलको समर्थन प्राप्त रहेको आरोप लगाउँदै आएको छ। यद्यपि, पछिल्लो ड्रोन आक्रमणबारे आईआरजीसीले तत्काल आधिकारिक रूपमा जिम्मेवारी लिएको छैन।

यस क्षेत्रमा भएका पछिल्ला आक्रमणमध्ये सबैभन्दा घातक घटनामा गत जुलाई १७ मा सुलेमानिया सहरनजिक कोमाला समूहका नौ जना सदस्य मारिएका थिए।

प्रकाशित: ८ कार्तिक २०८३ १८:०९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
स्ट्रेट अफ होर्मुजमा अमेरिकी एमक्यू-१ प्रिडेटर ड्रोन खसालेको इरानको दाबी

स्ट्रेट अफ होर्मुजमा अमेरिकी एमक्यू-१ प्रिडेटर ड्रोन खसालेको इरानको दाबी

काठमाडौं– इरानको नौसेनाले स्ट्रेट अफ होर्मुजमाथि उडिरहेको अमेरिकाको एमक्यू–१ प्रिडेटर ड्रोन खसालेको दाबी गरेको छ । इरानी सञ्चारमाध्यमहरूले जनाएअनुसार उक्त ड्रोनलाई इरानी सेनाले खसालेको हो । अर्धसर...

#इरानी #ड्रोन
Compare →
Arthasansar
18h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन #आक्रमण
Compare →
Ekantipur
2d ago
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

#शिविर #आक्रमण
Compare →
Onlinekhabar
1w ago
इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने

इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने

१८ कात्तिक, काठमाडौं । इरानी संसद्‌का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा 'नाईँ' भनेका छन्। …

#इरानी
Compare →

Related Stories

World News
Build #2612