Trending
Prev Story
Next Story

पाथीभरा दर्शन गर्न पाल्पाबाट गएकी महिलाको ताप्लेजुङमा मृत्यु

Nagarik News •
October 25, 2026 • 12:59 PM
1
1 reads 0 reactions

पाल्पाबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आएका दम्पत्तिमध्ये श्रीमतिको मृत्यु भएको छ ।

पाथीभरा दर्शन गर्न पाल्पाबाट गएकी महिलाको ताप्लेजुङमा मृत्यु

पाल्पाबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आएका दम्पत्तिमध्ये श्रीमतिको मृत्यु भएको छ ।

मन्दिरको दर्शनका क्रममा फुङलिङ आइपुगी गाडीबाट ओर्लने क्रममा अचानक बेहोस भएकी पाल्पाको  रैनादेवी छहरा गाउँपालिका वडा नं ८ की ४४ वर्षीय सरु हिस्की मगरको मृत्य भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए।

प्रहरी निरीक्षक यादवका अनुसार गाडीबाट ओर्लना साथ एक्कासी रिङ्गटा चलेर श्रीमान् इन्द्र हिस्की मगरलाई पानी पिउँछु भनी मागेर पानी पिउनासाथ अचानक बेहोस भएकी थिइन । उनलाई उपचारका लागि तमोर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक बिद्यालालकुमार शाहको नेतृत्वमा प्रहरी टोली परिचिालित गरी घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ८ कार्तिक २०८३ १८:४४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
पाथीभरामा दर्शनार्थीको भीड

पाथीभरामा दर्शनार्थीको भीड

काठमाडौं : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन्। सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज ...

#दर्शन #ताप्लेजुङ #पाथीभरा
Compare →
Onlinekhabar
3h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु
Compare →
Ekantipur
6h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2611