Trending
Prev Story
Next Story

दशैंपछि कुखुराको मासु सस्तियो, सोमबारदेखि प्रतिकिलो ३८५ रुपैयाँ

Bizshala •
October 25, 2026 • 12:01 PM
1
1 reads 0 reactions

काठमाण्डौ । दशैं सकिएसँगै काठमाण्डौमा कुखुरा र त्यसको मासुको मूल्य घटाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले...

दशैंपछि कुखुराको मासु सस्तियो, सोमबारदेखि प्रतिकिलो ३८५ रुपैयाँ

काठमाण्डौ । दशैं सकिएसँगै काठमाण्डौमा कुखुरा र त्यसको मासुको मूल्य घटाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबार कात्तिक ९ गतेदेखि लागू हुने गरी जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको मूल्य १५ रुपैयाँ घटाएको हो।

नयाँ दरअनुसार जिउँदो कुखुरा प्रतिकिलो २८० रुपैयाँ कायम गरिएको छ। दशैंअघि यसको मूल्य प्रतिकिलो २९० रुपैयाँ थियो।

त्यस्तै, प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासुको मूल्य अब ३८५ रुपैयाँ तोकिएको संघले जनाएको छ।

संघका अनुसार बजारमा माग र खपत घटेपछि मूल्य समायोजन गरिएको हो। दशैंमा कुखुराको तुलनामा खसीबोकाको मासुको प्रयोग बढी हुने भएकाले पनि कुखुराको मासुको माग प्रभावित भएको संघको भनाइ छ।

चाडपर्व मनाउन उपत्यकाबाहिर गएका धेरै मानिस अझै फर्किन बाँकी रहेकाले काठमाण्डौमा उपभोक्ताको चहलपहल कम छ। मानिसको उपस्थिति घटेसँगै मासुको खपत पनि कम भएकाले जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाउनुपरेको संघले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
8h ago
छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दि...

#काठमाडौं #सोमबार
Compare →

Related Stories

Business & Economy
Build #2611