Trending
Prev Story
Next Story

दसैं सकिएसँगै सस्तियो कुखुरा मासु, यस्तो छ नयाँ मूल्य

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । दसैं सकिए लगत्तै काठमाडौंमा कुखुरा मासुको भाउमा गिरावट आएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो । संघका अनुसार …

दसैं सकिएसँगै सस्तियो कुखुरा मासु, यस्तो छ नयाँ मूल्य

८ कात्तिक, काठमाडौं । दसैं सकिए लगत्तै काठमाडौंमा कुखुरा मासुको भाउमा गिरावट आएको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो ।

संघका अनुसार जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । दसैंअघि प्रतिकिलो २ सय ९० रुपैयाँमा बिक्री भइरहेको जिउँदो कुखुराको भाउ अब २ सय ८० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी तयारी मासुको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले सस्तिएको छ । यसअघि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासु ३ सय ८५ रुपैयाँ तोकिएको संघले जनाएको छ ।

मूल्य घट्नुको मुख्य कारण बजारमा मासु खपतमा आएको कमीलाई मानिएको छ । संघका अनुसार दसैंको समयमा कुखुराको तुलनामा खसीबोकाको मासु बढी प्रयोग हुने गर्छ ।

यसका साथै चाडपर्व मनाउन काठमाडौं उपत्यका बाहिर गएका अधिकांश मानिस अझै फर्किसकेका छैनन् । उपत्यकामा मानिसहरूको उपस्थिति कम हुँदा समग्रमा मासुको माग र खपत घटेकाले मूल्य समायोजन (घटाउनु) परेको संघको भनाइ छ ।

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612