Trending
Prev Story
Next Story

फ्रान्समा महँगी र विद्यालयको जीर्ण अवस्थाविरुद्ध प्रदर्शन, करिब एक हजार पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ। अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार, शनिबार अबेर राति …

फ्रान्समा महँगी र विद्यालयको जीर्ण अवस्थाविरुद्ध प्रदर्शन, करिब एक हजार पक्राउ

८ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ।

अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ।

बीबीसीका अनुसार, शनिबार अबेर राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो।

यद्यपि, गत साताको अन्त्यमा भएको जस्तो व्यापक हिंसा र लुटपाटलाई रोक्न भने सुरक्षा निकाय सफल भएको छ। गत साताको हिंसालाई फ्रान्सको आधुनिक इतिहासमै अशान्तिको सबैभन्दा गम्भीर घटनामध्ये एक मानिएको थियो।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार करिब ४ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए। तर, ट्रेड युनियनहरूले भने प्रदर्शनकारीको सङ्ख्या करिब ८ लाख रहेको दाबी गरेका छन्।

प्रदर्शनका क्रममा शान्ति सुरक्षा कायम राख्न करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो। महँगी र विद्यालयको अवस्थाविरुद्ध भइरहेका प्रदर्शनलाई हिंसात्मक हुनबाट रोक्न कैयौँ सहरमा कठोर प्रतिबन्धहरूसमेत लगाइएका थिए।

गत साता प्रदर्शनकारीको तुलनामा प्रहरीको सङ्ख्या कम हुँदा सयौँ पसलमा लुटपाट हुनुका साथै कैयौँ भवनमा आगो लगाइएको थियो।

यसै साता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गर्ने प्रदर्शनलाई मात्र अनुमति दिने आदेश जारी गरेका थिए।

यसैबीच, द्रुत सुनुवाइमार्फत तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न सयौँ व्यक्तिलाई जेल चलान गरिसकिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
के फ्रान्सको हिंसात्मक प्रदर्शनमा रुसको हात थियो ?

के फ्रान्सको हिंसात्मक प्रदर्शनमा रुसको हात थियो ?

युरोपेली संघ (ईयू) को आन्तरिक प्रतिवेदनले फ्रान्समा गत महिना भएको हिंसात्मक प्रदर्शनलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्न रुससँग जोडिएको एउटा गोप्य सञ्जालले भ्रामक सूचना फैलाएको उल्लेख गरेक...

#फ्रान्स #प्रदर्शन
Compare →
Nagarik News
1d ago
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ।

#प्रदर्शन #महँगी
Compare →
Ekantipur
11h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →
Bizshala
2d ago
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क...

#फ्रान्स
Compare →

Related Stories

Education & Youth
Build #2612