Trending
Prev Story
Next Story

सुध्रिएन आर्थिक वर्ष अन्तिममा बजेट भुक्तानी प्रवृत्ति, असारमै ३१ प्रतिशत विकास खर्च

Onlinekhabar •
October 14, 2026 • 08:16 PM
1
1 reads 0 reactions

२८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ असार महिनामा मात्र कुल विकास खर्चको ३०.८६ प्रतिशत बजेट खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनको वार्षिक अंक प्रतिवेदन अनुसार असार २०८३ मा मात्र …

सुध्रिएन आर्थिक वर्ष अन्तिममा बजेट भुक्तानी प्रवृत्ति, असारमै ३१ प्रतिशत विकास खर्च

२८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ असार महिनामा मात्र कुल विकास खर्चको ३०.८६ प्रतिशत बजेट खर्च भएको पाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनको वार्षिक अंक प्रतिवेदन अनुसार असार २०८३ मा मात्र कुल विकास खर्चको सबैभन्दा ठूलो हिस्सा खर्च भएको हो । जसले गर्दा अन्तिम त्रैमासमा आधा विकास खर्च हुन पुगेको छ । जुन अघिल्लो आवहरूकै पुनरावृत्ति हो ।

आव २०७७/७८ मा कुल विकास खर्चको ३७.४७ प्रतिशत बजेट खर्च असारमा भएको थियो । उक्त आवको अन्तिम त्रैमास (वैशाख–असार) मा ५३.७५ प्रतिशत विकास बजेट खर्च भएको थियो ।

आव २०७८/७९ असारमा ३६.१९ प्रतिशत विकास खर्च भएको थियो । त्यसबेला अन्तिम त्रैमासमा ५२ प्रतिशत विकास बजेट खर्च भएको थियो । २०७९/८० असारमा ३४.४९ प्रतिशत विकास खर्च भएको थियो । अन्तिम त्रैमासमा ५४.११ प्रतिशत विकास बजेट खर्च भएको मन्त्रालयको तथ्यांक छ ।

त्यस्तै २०८०/८१ असारमा ३०.२ प्रतिशत बजेट खर्च भएको थियो । मन्त्रालयले आर्थिक वर्ष अन्त्यमा मात्र पूँजीगत खर्च हुने प्रवृत्ति कायमै रहेको उल्लेख गरेको छ ।

गत आव पहिलो त्रैमास अर्थात् तीन महिनाभरिमा १० प्रतिशतमात्र विकास खर्च भएकोमा अन्तिम एक महिनामा ३१ प्रतिशत खर्च भएको हो । जसले गर्दा नेपालको विकास खर्च प्रणालीमाथि नै प्रश्न उठिरहेको छ ।

विकास खर्चको ठूलो हिस्सा अन्तिम महिनामा हुँदा समग्र बजेट खर्चको हिस्साको भार नै अन्तिम त्रैमासमा अधिक देखिन्छ । कुल बजेट खर्चको ३२.१२ प्रतिशत खर्च अन्तिम त्रैमासमा भएको हो । असारमा कुल बजेट खर्चको १३.७६ प्रतिशत खर्च भएको छ । जुन १२ महिनाको सबैभन्दा माथि हो ।

२०८२/८३ मा कुन त्रैमासमा कति विकास खर्च ?

दोस्रो (कात्तिक–पुस) : १५.७६ प्रतिशत

गत आव नेपालको पूँजीगत खर्च पछिल्लो डेढ दशकयताकै कम भएको छ ।  यस आवमा सरकारले १ खर्ब ९१ अर्ब रुपैयाँमात्र विकास खर्च गर्न सकेको थियो । विकासभन्दा अन्य क्षेत्र राज्यको प्राथमिकतामा पर्दा अहिले पूँजीगत खर्च खुम्चिँदो क्रममा छ । २०८१/८२ मा २ खर्ब २३ अर्ब पूँजीगत खर्च भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले सय दिनमा कानुन निर्माण, प्रशासनिक सुधार र पूर्वाधार विकासका काम अघि बढाएको विवरण सार्वजनिक गरेको छ । तर, चालु आर्थिक वर्षको असोज मसान्तसम्म पुँजीगत बजेट खर्च भने ३.९३ प्रतिशत मात्रै छ ।

#खर्च #विकास #बजेट
Compare →
Hamro Patro News
2d ago
‘विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नुपरेको छ’ : अर्थमन्त्री वाग्ले

‘विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नुपरेको छ’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि सरकारले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरेको बताएका छन् । टर्क...

#विकास #बजेट
Compare →
Nagarik News
6d ago
कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने, रुग्ण आयोजनालाई गति दिने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा विकास बजेट कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि देखिएको छैन।

#विकास #बजेट
Compare →
Bizshala
9h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#विकास
Compare →

Related Stories

National (Nepal)
Build #2611