Trending
Prev Story
Next Story

कलिलैमा बिहे, उमेर नपुग्दै आमा

Ekantipur •
January 20, 2025 • 03:34 PM
1
1 reads 0 reactions

दाङ — बच्चाले बच्चा बोकिरहेका । भाइबहिनी होइनन्, आफैँले जन्माएका बच्चा । भर्खरका नानीहरूले नानी बोकिरहेका यस्ता दृश्य जिल्लाका पहाडी क्षेत्रमा सामान्य जस्तै लाग्छन् । ग्रामीण भेगका अधिकांश किशोरी उमेर नपुग्दै विवाह गरिरहेका छन् र बाल्यकालमै बच्चा जन्माइरहेका छन् ।

कलिलैमा बिहे, उमेर नपुग्दै आमा

दाङ — बच्चाले बच्चा बोकिरहेका । भाइबहिनी होइनन्, आफैँले जन्माएका बच्चा । भर्खरका नानीहरूले नानी बोकिरहेका यस्ता दृश्य जिल्लाका पहाडी क्षेत्रमा सामान्य जस्तै लाग्छन् । ग्रामीण भेगका अधिकांश किशोरी उमेर नपुग्दै विवाह गरिरहेका छन् र बाल्यकालमै बच्चा जन्माइरहेका छन् ।

घोराही उपमहानगरपालिका–१ हर्नोककी मिना विश्वकर्मा १७ वर्षकी भइन् । उनको साथमा एक वर्षको छोरा छ । कानूनी रुपमा विवाह गर्ने उमेर नपुगे पनि उनी बाल्यकालमै आमा भइसकेकी छिन् । कानुनले २० वर्ष नपुगी विवाह गर्न नहुने व्यवस्था गरेपनि उनलाई यसबारे खासै जानकारी छैन ।

बालविवाह कानुनी रुपमा दण्डनीय छ भन्ने सुन्दा त उनलाई अचम्म नै लाग्छ । ‘विवाह गरेवापत कारबाही हुने कुरा त मलाई थाहै थिएन,’ मिनाले भनिन्, ‘आफ्नो मन चित्त लागेपछि त विवाह गर्न पाइयो नि । किन कारबाही गर्ने ?’ गाउँघरमा १५ वर्ष पुगेपछि विवाह गर्ने कुरा सामान्य नै भएको उनले बताइन् । ‘गाउँघरमा सानैमा विवाह गरिदिने चलन छ । पढाइलेखाइ भन्दा मेलापात र घरधन्दालाई महत्व दिइन्छ,’ उनले भनिन्,‘पढ्ने रहर भए पनि हाम्रो केही लाग्दैन । आखिर विवाह गरेर अर्कैको घर जाने हो, समयमै विवाह गर्नुपर्छ भन्ने सोचाइ छ ।’

तुलसीपुर उपमहानगरपालिका–१९ की सिता नेपालीले पनि १६ वर्षमै विवाह गरिन् । २० वर्ष पुग्दा उनका दुई सन्तान जन्मिसकेका छन् । ‘हामीलाई विवाह गर्ने उमेर के कति भन्ने खासै मतलब हुँदैन । अब यसले घरधन्दा गर्नसक्छे भन्ने लागेपछि विवाह गरिदिन्छन्,’ उनले भनिन्, ‘सानैमा विवाह गर्दा दुःख त हुन्छ नै तैपनि पढ्ने लेख्ने काम नभएपछि किन त्यत्तिकै बस्ने भनेर विवाह गर्नेमा जोड हुन्छ ।’

बबई गाउँपालिका–५ की शर्मिला महतराले पनि १७ वर्षमै विवाह गरिन् । रहर नभई बाध्यताले विवाह भएको उनले बताइन् । ‘घरमा पढ्ने भन्दा घरायसी काम गर्न सिक्नुपर्छ भन्ने छ । सानैदेखि घरको काममा लागेपछि घरबार पनि छिटै भयो,’ उनले भनिन्,‘सँगैका साथी पढेको देख्दा रहर त लाग्छ तर के गर्नु ? आफूले कापीकिताब बोक्ने बेला बच्चा बोक्नुपरेको छ ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा ३६.९ प्रतिशतले १८ देखि २० वर्षमा र ३३.७ प्रतिशतले १५ देखि १७ वर्षमा विवाह गरेका छन् । ५ हजार ३ सय ६६ ले १९ वर्षभित्र बच्चा जन्माइसकेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा १० प्रतिशतले २० वर्षमूनि विवाह गरेका छन् ।

बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी १९८९ र बालबालिका सम्बन्धी ऐन २०७५ ले १८ वर्षसम्मलाई बालबालिका मानेको छ । नेपालको संबिधान २०७२ को धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ । जसको उपधारा (५) मा कुनै पनि बालबालिकाले बाल विवाह गर्न पाइने छैन भन्ने उल्लेख गरिएको छ । उपधारा (१०) मा उपधारा (५) विपरीतको कार्य कानून बमोजिम दण्डनीय हुने उल्लेख छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ मा बाल विवाह गर्न नहुने प्रावधान छ । उपदफा (१) मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुादैन भन्ने व्यवस्था छ । उपदफा (२) मा उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुने व्यवस्था छ । उपदफा (३) मा उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० मा पनि विवाह हुन सक्ने उमेर भनेर बीस वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ । यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालविवाहलाई बालबालिका विरुद्धको कसुर मानिएको छ । दफा ७२ को उपदफा ३ मा यस्तो कसुर गरेमा तीन वर्षसम्म कैद र ७५ हजार रुपयाासम्म जरिवानाको प्रावधान छ ।

जिल्लाको घोराही उपमहानगरपालिकालाई दुई वर्षअघि बालमैत्री घोषणा पनि गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन घोषणा कार्यबिधि २०७९ मा बालविवाह गर्न नहुने लगायतका ५१ सूचक पूरा गरेपछि स्थानीय तहलाई बालमैत्री घोषणा गर्न सकिने प्राबधान छ । मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा २०८७र०८८ सम्म देशका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गरिसक्ने लक्ष्य लिइएको छ ।

चेतनाको कमी र अशिक्षाका कारण बालविवाह नियन्त्रण हुन नसकेको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले बताइन् । ‘बालविवाहका कारण धेरै किशोरीको जीवन जोखिममा छ । शिक्षा, स्वास्थ्य लगायतका समस्याले थप पिडा भोगिरहेका छन्,’ उनले भनिन्,‘तै पनि बालविवाह गर्न हुँदैन भन्ने सन्देश गाउँगाउँमा पुग्न सकेको छैन । यही कुरालाई मध्यनजर गरी स्थानीय तहले बालविवाह न्यूनीकरण सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।’

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

दक्षिण भारतीय संगीतका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन् । ग्रीसमा सम्पन्न उनीहरूको भव्य विवाहका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । विवाह समारोहमा दक्षिण भारतीय सिनेमाका …

#विवाह #बिहे
Compare →
Hamro Patro News
3d ago
सफल हुन उमेरले रोक्दैन! जीवनमा नयाँ सुरुवात गर्न कहिल्यै ढिलो हुँदैन

सफल हुन उमेरले रोक्दैन! जीवनमा नयाँ सुरुवात गर्न कहिल्यै ढिलो हुँदैन

काठमाडौं। धेरै मानिस आफ्नो सपना पूरा गर्न चाहन्छन्। तर उमेर बढ्दै गएपछि वा परिस्थितिले साथ नदिँदा उनीहरू नयाँ काम सुरु गर्न डराउँछन्। वास्तवमा सफलता हासिल गर्न कुनै निश्चित उमेर हुँदैन। संसारमा धे...

#उमेर
Compare →
Nagarik News
1w ago
९३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा सहभागी हुने तोशिसुके इच्छा

९३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा सहभागी हुने तोशिसुके इच्छा

९० वर्षीय बडीबिल्डर तोशिसुके कानाजावा उमेरले इच्छाशक्ति र शारीरिक तन्दुरुस्तीलाई रोक्न सक्दैन भन्ने उदाहरण बनेका छन्।

#उमेर
Compare →

Related Stories

Education & Youth
Build #2612