Trending
Prev Story
Next Story

शिव शर्मा मृ`त्यु प्रकरणमा नयाँ खुलासा : राति १ बजेको सिसिटिभी फुटेजमा के छ ?

Nagarik News •
October 25, 2026 • 08:01 AM
2
2 reads 0 reactions

उनीहरू फरार रहेको अवधिमा कहाँ बसेका थिए र कसले सहयोग गरेको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

शिव शर्मा मृ`त्यु प्रकरणमा नयाँ खुलासा : राति १ बजेको सिसिटिभी फुटेजमा के छ ?

भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबे सँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ।

एनडीटीभी का अनुसार यो फुटेज ४ अगस्ट २०२६ को हो। भिडियोमा श्रद्धा र शिव राति करिब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्। उनीहरूसँगै अर्की युवती पनि देखिएकी छन्।

शिव शर्माको ९ अक्टोबरमा लखनउको हजरतगंज क्षेत्रस्थित एक अपार्टमेन्टको चौथो तलाको कौसीबाट खसेपछि मृत्यु भएको थियो। उनको मृत्युको घटनालाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

शिवकी आमा रञ्जना शर्माले श्रद्धा दुबे र अन्य व्यक्तिविरुद्ध हत्या गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उनले शिवलाई कुटपिट गरेर कौसीबाट खसालिएको आरोप लगाएकी छन्।

घटनापछि श्रद्धा दुबे, उनकी बहिनी रश्मी दुबे र चालक दानिशलाई महाराष्ट्रको नागपुरबाट पक्राउ गरिएको थियो। उनीहरूलाई लखनउ ल्याएर प्रहरीले सोधपुछ गरिरहेको छ। उनीहरू फरार रहेको अवधिमा कहाँ बसेका थिए र कसले सहयोग गरेको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

प्रहरीले पक्राउ परेकाहरूबाट बरामद मोबाइल फोन र अन्य सामान फोरेन्सिक परीक्षणका लागि पठाएको जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको गतिविधि र घटनासँग सम्बन्धित अन्य प्रमाण संकलन गरिरहेको छ।

यसअघि श्रद्धाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै शिवले आफैं कौसीबाट हाम फालेको दाबी गरेकी थिइन्।

उनले शिवमाथि १५ देखि २० लाख भारतीय रुपैयाँ ऋण रहेको र ऋणका कारण उनी मानसिक दबाबमा रहेको बताएकी थिइन्। तर, शिवकी आमाले भने आफ्नो छोरा ऋणमा नरहेको र उनको मृत्युमा श्रद्धाको भूमिका रहेको आरोप लगाएकी छन्।

प्रहरीले शिवको मृत्युको वास्तविक कारण पत्ता लगाउन विभिन्न प्रमाणको अध्ययन गरिरहेको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १३:४६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस...

#शर्मा #प्रकरण
Compare →
Onlinekhabar
9h ago
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको …

#शर्मा
Compare →

Related Stories

World News
Build #2612