Trending
Prev Story
Next Story

मेहनत र लगानीअनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

Nagarik News •
October 25, 2026 • 07:41 AM
1
1 reads 0 reactions

दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्।

मेहनत र लगानीअनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने महँगो धेरै मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ।

किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ। किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बेच्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन्।

घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन्। उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बेच्न गरेका छन् भने बाँकी दूध घरघरमा उपभोक्तालाई बेच्दै आएको बताउँछन्।

खनालका अनुसार डेरीलाई दूध बेच्दा भैँसीको दूधको प्रतिलिटर ७५ भन्दा बढी मूल्य पाउने अवस्था छैन। गाईको दूधको मूल्य भने प्रतिलिटर ६५ मूल्य पाउने गरेका छन् तर त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर एक सय रुपैयाँसम्ममा बेच्ने गरेका छन्। गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनले बताए। “मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,” उनले भने।

दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचार लगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोहीअनुसार वृद्धि हुन नसकेको उनले बताए। उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ।

किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घिउको मूल्य बढाएका छन्। व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुनेगरी मूल्य बढाएका हुन्। लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन्।

हाल दही प्रतिलिटर १४०, पनिर प्रतिकिलो ९०० र घिउ प्रतिकिलो एक हजार ४५० रुपैयाँ बनाएका छन्। घोराहीका एक कृषकले प्रतिलिटर ७० देखि ७५ सम्ममा दूध बेच्ने गरेको बताउँछन्। आफैँले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पुर्‍याउने भएकाले प्रतिलिटर ७५  रुपैयाँसम्म मूल्य पाउने गरेको उनको भनाइ छ  तर दूध बजारसम्म पुर्‍याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए।

लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ। पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ।

किसानहरूले दुधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्‍याउँदा लाग्ने खर्चको पनि मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: ८ कार्तिक २०८३ १३:२६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
सरकारले खरिदमा ढिलाइ गर्दा किसान सस्तोमा धान बेच्न बाध्य

सरकारले खरिदमा ढिलाइ गर्दा किसान सस्तोमा धान बेच्न बाध्य

बर्दियास्थित सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राजापुरले धान खरिद सुरु नगर्दा किसानले समर्थन मूल्य नपाई सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।

#किसान
Compare →
Hamro Patro News
1w ago
सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढ्यो

सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न लागेको हो ।

#किसान
Compare →
Onlinekhabar
1w ago
कञ्चनपुरका किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याइ

कञ्चनपुरका किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याइ

१७ कात्तिक,कञ्चनपुर । तिहार नजिकिएसँगै कञ्चनपुर किसानलाई सयपत्री फूल टिप्न र बिक्रीको तयारी गर्न भ्याइनभ्याइ छ । यस वर्ष तिहारअघि नै फूलको माग आउन थालेपछि किसान उत्साहित भएका छन् । विगतमा उत्पादन गरेको फूलले बजार नपाउँदा …

#किसान
Compare →
Bizshala
1w ago
साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो

साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा करिब २० प्रतिशतले घटेको छ। मुख्य आम्दानीको स्रोत खुद...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612