Trending
Prev Story
Next Story

बागमती सफाइ अभियान जारी

Nagarik News •
October 25, 2026 • 03:03 AM
1
1 reads 0 reactions

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो।

बागमती सफाइ अभियान जारी

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो।

गुह्येश्वरी मन्दिरअघि बागमती नदी एवं किनारमा शनिबार ७०२ औँ हप्ताको सफाइ गरिएको थियो। दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले बताए। नवदुर्गाको पूजा गरिएका मूर्तिहरूलाई किनारमा राखिएको छ।

सो अवसरमा कुहिने फोहरलाई त्यहीँको बागमती किनारमा गाडिएको थियो। नकुहिने  फोहर ट्रकमा राखी व्यवस्थापन गरिएको पनि उनल बताए।

समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो बागमती सरसफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी लीलादेवी खतिवडा र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी एवं वाग्मती अभियानकर्मीको सफाइमा सक्रिय सहभागिता  थियो। अर्को हप्ताको बागमती सरसफाइ पनि यसै स्थानमा गरिने जनाइएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०८:४८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन …

#जारी
Compare →
Hamro Patro News
6d ago
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ आज पनि जारी रहेको छ । न्याय परिषद्ले डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँग...

#जारी
Compare →
Ekantipur
1w ago
बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने

बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने

घर निर्माणसँगै चेपाङ बस्तीमा न्यानो कपडा, बाख्रा र कुखुराका चल्ला वितरण गरी आयआर्जनका अवसर सिर्जना गरिनेछ।

#बागमती
Compare →
Bizshala
1w ago
कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन...

#जारी
Compare →

Related Stories

Technology
Build #2612