Trending
Prev Story
Next Story

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

Nagarik News •
October 25, 2026 • 01:24 AM
1
1 reads 0 reactions

स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ ।

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा सवारी साधन आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो।

यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माणको शनिबार स्थलगत अवलोकन तथा अनुगमन गरेको छ।

गत भदौ १० गते भोटेकोशीमा गएको बाढी कारण जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएको स्थानमा नयाँ बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माण सुरु भइसकेको छ।

सो बेलिब्रिज जडान आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसै घण्टा काम भइरहेको जनाइएको छ।

यसैगरी, बाढीका  कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी–ब्रिद्विम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्टे (स्टिल केबल/सामग्री) उपलब्ध गराएको छ। सामग्री उपलब्ध भएसँगै सो क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउन फड्के पुलको काम पनि सँगसँगै अघि बढाइएको प्रशासनले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०७:०९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
स्याफ्रुबेँसीमा आवतजावत सहज

स्याफ्रुबेँसीमा आवतजावत सहज

स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको ह...

#स्याफ्रुबेँसी #आवतजावत
Compare →
Onlinekhabar
1w ago
छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

१७ कात्तिक, वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ र औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । नदीमा उद्योगबाट निस्कने रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसिने समस्या नियन्त्रण गर्न सरकारले …

#तीव्र
Compare →
Arthasansar
1d ago
विश्वकै तीव्र गतिको ऐतिहासिक जहाज एसएस युनाइटेड स्टेट्स डुबाइँदैे

विश्वकै तीव्र गतिको ऐतिहासिक जहाज एसएस युनाइटेड स्टेट्स डुबाइँदैे

कुनै समय विश्वकै तीव्र गतिको मानिएको र ‘टाइटानिक’ भन्दा पनि लामो पानीजहाज ‘एसएस युनाइटेड स्टेट्स’ लाई अमेरिकाको फ्लोरिडा तट नजिकै...

#तीव्र
Compare →
Ekantipur
1d ago
एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित

एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित

प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमा रहेर तयारीमा जुटेका छन् भने खेलाडी दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ।

#तीव्र
Compare →
Bizshala
1w ago
लगातारको गिरावटपछि सुनचाँदीमा तीव्र उछाल, के सकिएकै हो सस्तिने क्रम ?

लगातारको गिरावटपछि सुनचाँदीमा तीव्र उछाल, के सकिएकै हो सस्तिने क्रम ?

काठमाडौं । लगातारको गिरावटपछि अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य फेरि तीव्र गतिमा उकालो लागेको छ। अमेरिकी...

#तीव्र
Compare →

Related Stories

Technology
Build #2611