Trending
Prev Story
Next Story

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

Nagarik News •
October 25, 2026 • 12:56 AM
1
1 reads 0 reactions

विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन्।

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन्।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना बढाउने उद्देश्यले मेगा साइकल र्‍याली आयोजना गरेको हो।

‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित भएको र्‍यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकल यात्री तथा अन्य सहभागीहरू जोडिएका थिए।

भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्‍याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो। र्‍यालीले काठमाडौं उपत्यकाका सातवटा युनेस्को विश्व सम्पदा स्थललाई समेटेको थियो।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै बालबालिकालाई पोलियोबाट जोगाउन नियमित खोपको महत्त्वबारे सन्देश दिन र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ।

र्‍यालीको उद्घाटन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाल लगायत विभिन्न रोटरी क्लबका प्रतिनिधिहरू सहभागी थिए।

त्यसैगरी रोटरी क्लब आफ आरसी भक्तपुरले कार्यक्रम आयोजना गरेको थियो। क्लबका अध्यक्ष दशरथ प्रजापतिले यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने बताए।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप र जनचेतनाको महत्त्व रहेको बताए।

“बालबालिकाको स्वास्थ्य सुरक्षित राख्नु परिवारको मात्र नभई सिंगो समाजको जिम्मेवारी हो, पोलियोजस्तो रोगबाट बच्न नियमित खोप आवश्यक छ। यस्ता अभियानले स्वास्थ्यसम्बन्धी सन्देश समुदायसम्म पुर्‍याउन सहयोग गर्छन्” प्रजापतिले भने।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्कीले पोलियो उन्मूलनका लागि निरन्तर जनचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताए।

रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकालले पोलियोबारे जनचेतना फैलाउन समाजका सबै पुस्ताको सहभागिता आवश्यक रहेको बताइन्।

हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो रोगको विश्वव्यापी उन्मूलनका लागि भइरहेका प्रयासलाई बलियो बनाउने उद्देश्य राख्छ। यस अवसरमा नियमित खोपको महत्त्व, रोगबारे जनचेतना र बालबालिकाको स्वास्थ्य सुरक्षामा जोड दिने गरिन्छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०६:४१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छन् ? यस्तो छ, सप्तरङ्गी टीकाको महत्व

सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छन् ? यस्तो छ, सप्तरङ्गी टीकाको महत्व

काठमाडौं । आज भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ । टीकामा प्रयोग हुने विभिन्न रङले शुद्धता, पराक्रम, शक्ति, प्रकृति, शान्ति ...

#सन्देश #सात
Compare →
Onlinekhabar
1d ago
सोनमाका ७७ कर्मचारीलाई साइकल

सोनमाका ७७ कर्मचारीलाई साइकल

२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो। साइकल वितरण गर्दै …

#साइकल
Compare →

Related Stories

Technology
Build #2611