काठमाडौँ- उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको सम्बन्धलाई फेरि प्राथमिकतामा राखेको संकेत दिएका छन्। अमेरिका र दक्षिण कोरियासँगको तनाव, रुससँग बढ्दो सैन्य सहकार्य तथा सम्भावित अमेरिकी वार्ताको पृष्ठभूमिमा किम शनिबार चीन पुगेका हुन्।
किमको चीन भ्रमणको समय निकै अर्थपूर्ण छ। सन् १९५०-१९५३ को कोरियाली युद्धमा चीन उत्तर कोरियाको पक्षबाट लड्न प्रवेश गरेको वार्षिकोत्सवको पूर्वसन्ध्यामा उनी चीन पुगेका हुन्। युद्धकालीन सहकार्यको स्मरणसँगै दुई देशबीचको परम्परागत सम्बन्धलाई पुनः जोड्ने सन्देश यसले दिएको छ। यद्यपि, भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुने वा भएकोबारे शनिबारसम्म आधिकारिक पुष्टि भएको थिएन।
Read full story at source ( himalpress.com )