Trending
Prev Story
Next Story

खगेन्द्र सुनारमाथि छानबिन सुरु भइसकेको छ : कवीन्द्र बुर्लाकोटी

Nagarik News •
October 13, 2026 • 09:26 AM
2
2 reads 0 reactions

उनले पार्टीको अनुशासन आयोगमा सुनारको विषय गइसकेको र काम अघि बढाइसकेको जानकारी दिए।

खगेन्द्र सुनारमाथि छानबिन सुरु भइसकेको छ : कवीन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सांसद खगेन्द्र सुनारमाथि छानबिन भइरहेको बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको अनुशासन आयोगमा सुनारको विषय गइसकेको र काम अघि बढाइसकेको जानकारी दिए।

उनले भने, ‘यो विषयमा केही प्रमाणसहित कुरा बाहिर आएको छ। ती प्रमाण सही हुन् वा होइनन् भन्ने यकिन गर्नुपर्ने भएकाले पार्टीको छानबिन गर्ने निकाय अनुशासन आयोगमा पठाइएको छ। अनुशासन आयोगले यस विषयमा छानबिन गर्नेछ।’

यस्तै, उनले यसमा राज्यका निकायले पनि आवश्यक कदम चाल्नुपर्ने बताए। उनले भने,‘राज्यको कानुन कहाँ आकर्षित हुन्छ भन्ने विषयलाई ध्यानमा राख्दै आवश्यक अनुसन्धान गर्नुपर्छ। त्यसमा पार्टीका तर्फबाट सहयोग रहनेछ भन्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।’

यस्तै, अनुशासन आयोगले छानबिन कहिले सक्छ भन्ने प्रश्नमा उनले भने,‘ अनुसन्धान गर्दै जाँदा विषय कति गहिरो छ वा सतही मात्रै हो भन्ने थाहा हुन्छ। विषय सामान्य रहेछ भने छिट्टै टुंगिन सक्छ। तर, विस्तृत अनुसन्धान गर्नुपर्ने अवस्था भए सम्बन्धित ठाउँ र व्यक्तिसम्म पुग्नुपर्ने हुन सक्छ। त्यसैले यस्ता विषयमा निश्चित समयसीमा तोक्न सकिँदैन।’

अनुसन्धानपछि मात्रै योबारे स्पष्ट कुरा आउने बताउँदै उनले भने,‘ यो विषयको छानबिन हुनुपर्छ। आरोप सही हो वा गलत, कुनै समस्या छ वा छैन, बाहिर फैलिएका कुरा अफवाह हुन् वा भिडियो तथा अडियो सामग्री नक्कली हुन् वा वास्तविक हुन् भन्ने कुरा अनुसन्धानबाट स्पष्ट हुनुपर्छ।’

यस्तै, उनले पार्टीले गरेको अनुसन्धान सरकारलाई बुझाइन्छ कि बुझाइँदैन भन्ने प्रश्नमा पार्टीले गरेको अनुसन्धान पार्टीले नै हेर्ने बताए।

उनले भने,‘सरकारी निकायलाई आवश्यक लागेमा उसले पनि अनुसन्धान गर्नुपर्छ। त्यसका लागि सम्बन्धित सरकारी निकायमा उजुरी पर्नुपर्ने हुन सक्छ। तर, पार्टीमा भने छुट्टै उजुरी पर्नैपर्छ भन्ने छैन। कुनै विषय बाहिर आएपछि पार्टीको ध्यानाकर्षण भएको अवस्थामा पार्टीले त्यसमा आवश्यक काम अघि बढाउँछ।’

प्रकाशित: २७ आश्विन २०८३ १५:११ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी

नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी

१८ कात्तिक, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्ति पार्टीको नभई सरकारको निर्णय भएको बताएका छन् । बुधबार गोरख...

#कवीन्द्र #बुर्लाकोटी
Compare →
Bizshala
3d ago
हुआङमाथिको छानबिनले उजागर गर्‍यो एआई साम्राज्यको लुकेको जोखिम

हुआङमाथिको छानबिनले उजागर गर्‍यो एआई साम्राज्यको लुकेको जोखिम

काठमाण्डौ । सन् १९९३ मा एनभिडिया स्थापना भएदेखि जेन्सेन हुआङले नै यसको नेतृत्व गर्दै आएका छन् । ग्राफिक्स चिप बनाउने...

#छानबिन
Compare →
Onlinekhabar
4d ago
चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?

चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?

२३ कात्तिक, काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अर्बपति जेन्सेन हुआङमाथि छानबिन सुरु गरेको छ। चिनियाँ जासुसी निकायका लागि काम गरेको आरोप लागेकी एक महिलासँग आफ्नो अन्तरङ्ग सम्बन्ध रहेको …

#छानबिन
Compare →
Ekantipur
6d ago
सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध

सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध

छानबिन समितिले दुर्घटनाको कारण, बोटको प्राविधिक अवस्था, चालक तथा सञ्चालकको जिम्मेवारी, यात्रुको सुरक्षा व्यवस्था, उद्धार कार्यको प्रभावकारिता र नियमनकारी निकायको भूमिकालगायत विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

#छानबिन
Compare →
Arthasansar
1w ago
हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार फेरिचेमा...

#छानबिन
Compare →

Related Stories

National (Nepal)
Build #2611