Trending
Prev Story
Next Story

स्थानीय तहमा गैरदलीय निर्वाचन गर्न माग

Ekantipur •
October 24, 2026 • 12:30 PM
1
1 reads 0 reactions

निर्वाचनका बेला पार्टीगत ध्रुवीकरणले सामाजिक सद्भाव कमजोर बनाउनुका साथै विकास निर्माणका कामसमेत राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रभावित हुने गरेको अभियानले जनाएको छ ।

स्थानीय तहमा गैरदलीय निर्वाचन गर्न माग

निर्वाचनका बेला पार्टीगत ध्रुवीकरणले सामाजिक सद्भाव कमजोर बनाउनुका साथै विकास निर्माणका कामसमेत राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रभावित हुने गरेको अभियानले जनाएको छ ।

सिरहा — गैरदलीय स्थानीय निर्वाचन अभियानले स्थानीय तहको निर्वाचनलाई दलीय प्रभावबाट मुक्त बनाउन माग गरेको छ ।

सिरहा सदरमुकामस्थित सिरहा पुस्तकालयमा शनिबार आयोजित बहस कार्यक्रममा अभियानले स्थानीय निर्वाचनमा राजनीतिक दलबीचको प्रत्यक्ष प्रतिस्पर्धा अन्त्य गरी स्थानीय सरकारलाई विकास निर्माण र जनसेवामा केन्द्रित गर्नुपर्नेमा जोड दिएको हो । स्थानीय तहमा दलीय प्रतिस्पर्धाले समाजमा राजनीतिक विभाजन, असहिष्णुता र द्वन्द्व बढाएको अभियानको निष्कर्ष छ ।

निर्वाचनका बेला पार्टीगत ध्रुवीकरणले सामाजिक सद्भाव कमजोर बनाउनुका साथै विकास निर्माणका कामसमेत राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रभावित हुने गरेको अभियानले जनाएको छ । बहुदलीय संसदीय व्यवस्थामा राजनीतिक दलको भूमिका अस्वीकार गर्न नसकिने भए पनि स्थानीय तहलाई दलीय शक्ति प्रदर्शनको थलो नभई जनताको आवश्यकता सम्बोधन गर्ने माध्यम बनाउनुपर्ने अभियानको तर्क छ ।

बहसमा सहभागी पूर्वमन्त्री सुरेशकुमार मण्डलले स्थानीय निर्वाचनलाई पार्टीगत प्रतिस्पर्धाभन्दा माथि उठाएर जनसरोकार, विकास र सामाजिक एकतासँग जोड्नुपर्ने बताए ।

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि स्थानीय निर्वाचन गैरदलीय बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै अभियानले त्यसलाई व्यवहारमा उतार्न आग्रह गरेको छ । ‘यसका लागि संविधान संशोधन अनिवार्य छैन,’ अभियानका अगुवा रामरिझन यादवले भने, ‘संघीय संसद्मा ऐन ल्याएर वा अध्यादेशमार्फत पनि प्रतिबद्धता कार्यान्वयन गर्न सकिन्छ ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि

स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि

निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् ।

#निर्वाचन #तहमा
Compare →
Hamro Patro News
10h ago
एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन् । ...

#निर्वाचन
Compare →
Onlinekhabar
4d ago
ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका …

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2611