Trending
Prev Story
Next Story

नेपालमा भूराजनीतिक चलखेल बढ्यो, सचेत हुनुपर्छ : संयोजक दाहाल

Nagarik News •
October 24, 2026 • 10:36 AM
1
1 reads 0 reactions

दाहालले विश्व व्यवस्थामा भइरहेको परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको बताएका छन्।

नेपालमा भूराजनीतिक चलखेल बढ्यो, सचेत हुनुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विश्व व्यवस्थामा भइरहेको परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको बताएका छन्।

दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व व्यवस्था बिस्तारै भत्किँदै गएको बताए।

‘दोस्रो विश्वयुद्ध पछिको सेट भत्किँदै गरेको र नयाँ सेट बनिनसकेको परिस्थितिको असर सबैतिर परेको छ।  विश्व राजनीति अहिले असाधारण संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ,’ उनले भने।

दाहालले विश्व व्यवस्थामा आएको परिवर्तन र भूराजनीतिक प्रतिस्पर्धाले विश्वभर प्रभाव पारेको उल्लेख गर्दै नेपाल पनि त्यसबाट अछुतो नरहेको बताए।

‘हाम्रो नेपाल त झन् दुईवटा विशाल छिमेकीको बिचमा हुनुको कारणले र अर्को तिर जिओपोलिटिक्समा यी दुइटा शक्तिहरुसँग पनि विश्व महाशक्तिहरुको प्रतिस्पर्धा पनि चर्को भएका कारणले पनि हाम्रो देश पनि त्यो भूराजनीतिक चलखेल या भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन। बरु अझ बढी असर नेपालमा परिराख्या छ। यस्तो परिस्थितिबाट हामी गुज्रेका छौ,’ उनले भने।

उनले वर्तमान परिस्थितिमा नेपाली राजनीतिमा पनि असाधारण अवस्था देखापरेको बताए। यस्तो अवस्थामा आफ्नो पार्टी गम्भीर, संवेदनशील र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।

‘हामीले विगतमा जनताको सार्वभौम अधिकार र उत्पीडित वर्ग तथा समुदायको हकअधिकारका लागि ठूलो संघर्ष गरेका छौँ। त्यही पृष्ठभूमिका कारण अहिलेको बदलिँदो भूराजनीतिक परिस्थिति र त्यसको असरबाट नेपालको राजनीतिमा पनि देखापरेकको असाधारण परिस्थितिप्रति सबभन्दा बढी गम्भीर संवेदनशील र जिम्मेवार छौं भन्ने हामीले महसुस गरेका छौं,’ उनले भने।

प्रकाशित: ७ कार्तिक २०८३ १६:२१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
व्यवस्था फेरियो, जनताको अवस्था फेरिएन, अब राज्यको चरित्र बदल्ने बहस

व्यवस्था फेरियो, जनताको अवस्था फेरिएन, अब राज्यको चरित्र बदल्ने बहस

नेपालको राजनीति फेरि एउटा ऐतिहासिक मोडमा उभिएको छ। परिवर्तनका नाममा पटकपटक व्यवस्था फेरियो, संविधान फेरियो, शासकका अनुहार फेरिए, राजनीतिक दलका झन्डा फेरिए र सत्ताका समीकरण पनि बदलिइरहे। तर आम नागरि...

#व्यवस्था #परिवर्तन
Compare →
Onlinekhabar
1d ago
दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

२६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि …

#दाहाल
Compare →
Ekantipur
6d ago
सरकारको कामबारे दाहालको टिप्पणी - 'हिन्दी जासुसी फिल्मजस्तै देखिन्छ'

सरकारको कामबारे दाहालको टिप्पणी - 'हिन्दी जासुसी फिल्मजस्तै देखिन्छ'

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा दाहालले सरकारको कामकारबाही सही ढंगमा अघि नबढेको चर्चा गरे ।

#दाहाल
Compare →

Related Stories

Politics & Governance
Build #2611