Trending
Prev Story
Next Story

हुथी विद्रोहीविरुद्धको सैन्य संघर्षमा टर्की सहभागी नहुने घोषणा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ कात्तिक, काठमाडौं । टर्कीले इरान समर्थित हुथी विद्रोहीहरूविरुद्धको कुनै पनि सैन्य संघर्षमा सहभागी हुने आफ्नो सोच नरहेको स्पष्ट पारेको छ । टर्कीको साउदी अरेबिया र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता छ । तर पनि उसले साउदीमा …

हुथी विद्रोहीविरुद्धको सैन्य संघर्षमा टर्की सहभागी नहुने घोषणा

७ कात्तिक, काठमाडौं । टर्कीले इरान समर्थित हुथी विद्रोहीहरूविरुद्धको कुनै पनि सैन्य संघर्षमा सहभागी हुने आफ्नो सोच नरहेको स्पष्ट पारेको छ ।

टर्कीको साउदी अरेबिया र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता छ । तर पनि उसले साउदीमा आक्रमण गरिरहेका हुथी विद्रोहीहरूविरुद्ध लड्न अस्वीकार गरेको हो ।

एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा टर्कीका रक्षामन्त्री यासर गुलेरले भनेका छन्, ‘हामी हुथीहरूसँग कुनै पनि किसिमको संघर्षमा सामेल हुने विचार गरिरहेका छैनौं ।’

उनले साउदी अरेबियालाई टर्कीको तर्फबाट दिइने सम्भावित सैन्य सहायताको मुख्य उद्देश्य उसको प्रतिरोध क्षमतालाई बलियो बनाउनु मात्र हुने बताएका छन् ।

टर्की, साउदी अरेबिया र पाकिस्तानबीच अगस्ट महिनामा ’मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर भएको थियो ।

यसै साता यो सम्झौतालाई स्वीकृतिका लागि टर्कीको संसदमा पेस गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको घोषणा, नौसैनिक नाकाबन्दी भने जारी

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको घोषणा, नौसैनिक नाकाबन्दी भने जारी

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको घोषणा, नौसैनिक नाकाबन्दी भने जारी ५ मिनेट अघि एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्...

#सैन्य #घोषणा
Compare →
Nagarik News
1d ago
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

#टर्की
Compare →

Related Stories

Technology
Build #2612