Trending
Prev Story
Next Story

पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखिएपछि राजस्व अनुसन्धानको भीसीटीएस सेवा बन्द

Ekantipur •
October 24, 2026 • 09:00 AM
3
3 reads 0 reactions

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी प्रविधिमा गम्भीर कमजोरी औँल्याएपछि आवश्यक सुरक्षा अद्यावधिक नहुँदासम्म सेवा रोकिएको विभागले जनाएको छ।

पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखिएपछि राजस्व अनुसन्धानको भीसीटीएस सेवा बन्द

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी प्रविधिमा गम्भीर कमजोरी औँल्याएपछि आवश्यक सुरक्षा अद्यावधिक नहुँदासम्म सेवा रोकिएको विभागले जनाएको छ।

काठमाडौँ — राजस्व अनुसन्धान विभागले आफ्नो भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रणाली अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले प्रविधिमा गम्भीर कमजोरी देखाउँदै सुरक्षा एडभाइजरी जारी गरेपछि विभागले यो निर्णय लिएको भन्दै सूचना जारी गरेको छ ।

साइबर सुरक्षा केन्द्रले पीएचपी तथा सोसँग सम्बन्धित प्रविधिमा गम्भीर जोखिम देखिएको जनाएको थियो । उक्त प्रविधिको दुरुपयोग हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सोही प्रविधिमा आधारित भीसीटीएस सेवा बन्द गरिएको विभागले जनाएको हो x

प्रणालीमा आवश्यक सुरक्षा अद्यावधिक गरी सुरक्षित भएपछि सेवा पुनः सञ्चालनमा ल्याइने विभागले जानकारी दिएको छ । ‘हाललाई नियमानुसार जारी भएका बिलबिजक लगायतका सम्बन्धित  कागजातहरू साथमा राखी सवारीसाधन सञ्चालन गर्न सकिने साथै प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले यथाशीघ्र ढुवानीको भीसीटीएस नियमानुसार जारी गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

काठमाडौं । युरोपेली मुलुकहरूमा साइबर आक्रमणका घटना बढ्न थालेपछि इटालीले सरकारी प्रणाली, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ रणनीति अघि सारेको छ । सम्भ...

#सुरक्षा #साइबर #जोखिम
Compare →
Onlinekhabar
22m ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →
Nagarik News
14h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

Business & Economy
Build #2612