Trending
Prev Story
Next Story

रास्वपा सचेतकको रिपोर्ट कार्ड : संसद्‌मा विषय उठान धेरै, उपलब्धिको विवरण कम

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका गतिविधि र भूमिकाको विवरणसहित आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् । सार्वजनिक जवाफदेहीताको उद्देश्यसहित सार्वजनिक गरिएको रिपोर्ट कार्डमा …

रास्वपा सचेतकको रिपोर्ट कार्ड : संसद्‌मा विषय उठान धेरै, उपलब्धिको विवरण कम

७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका गतिविधि र भूमिकाको विवरणसहित आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।

सार्वजनिक जवाफदेहीताको उद्देश्यसहित सार्वजनिक गरिएको रिपोर्ट कार्डमा जनसरोकारका मुद्दा उठान, विधेयकमाथिको संशोधन तथा टिप्पणी, संसदीय समन्वय र समितिगत गतिविधिलाई समेटिएको छ ।

रिपोर्ट कार्डअनुसार परियारले दोस्रो अधिवेशनमा सामाजिक न्याय, दलित अधिकार, सुशासन, जनजीविका, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य र सार्वजनिक जवाफदेहितासँग सम्बन्धित विषयमा सदनको ध्यानाकर्षण गराएका थिए ।

परियारको रिपोर्ट कार्डमा सहकारी क्षेत्रका समस्या, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, नागरिक अधिकार र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।

त्यस्तै, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, प्रेस स्वतन्त्रता र सामाजिक रूपान्तरणका विषयमा पनि उनले आवाज उठाएको विवरणमा जनाइएको छ ।

जलवायु न्याय, ध्वनि प्रदूषण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गराइएको रिपोर्ट कार्डमा उल्लेख छ । दलित समुदायमाथिको ऐतिहासिक विभेद अन्त्य, दलित अधिकारको संरक्षण तथा सार्वजनिक शिक्षा र स्वास्थ्य सेवामा सुधारको आवश्यकतालाई पनि उनले उठाएका छन् ।

विधायिकी प्रक्रियामा सहभागितालाई पनि रिपोर्ट कार्डमा महत्त्व दिइएको छ ।

विवरणअनुसार परियारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि संशोधन तथा टिप्पणी गरेका छन् ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, नेपाल विशेष सेवा विधेयक, फौजदारी कसुरसँग सम्बन्धित विधेयक र प्रतिनिधिसभा नियमावलीका विषयमा समेत समर्थन, संशोधन वा टिप्पणी प्रस्तुत गरेको रिपोर्ट कार्डमा उल्लेख छ ।

उनले आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि पनि सदनमा आफ्नो धारणा राखेका थिए । यी गतिविधिलाई रिपोर्ट कार्डमा कानुन निर्माण र नीतिगत बहसमा उनको सहभागिताका रूपमा प्रस्तुत गरिएको छ ।

संसदीय दलको सचेतकका रूपमा परियारले सांसदहरूबीच समन्वय, दलको नीति तथा धारणाअनुसार संसदीय गतिविधि सञ्चालन र विधायिकी कार्यव्यवस्थामा सहजीकरणलाई प्राथमिकता दिएको विवरणमा उल्लेख छ ।

संसदीय दलका बैठकमा उपस्थिति, सांसदहरूबीच परामर्श, संसदीय मर्यादा र प्रक्रियाको पालना तथा सदनमा पार्टीको भूमिका प्रभावकारी बनाउने प्रयासलाई पनि रिपोर्ट कार्डमा समेटिएको छ ।

कानुन निर्माण, न्याय तथा मानव अधिकारसँग सम्बन्धित संसदीय समितिका बैठक र छलफलमा सहभागिता जनाएको विवरणसमेत रिपोर्ट कार्डमा छ । समितिगत काममार्फत विधेयकको अध्ययन, कानुनी व्यवस्थामाथिको छलफल र नीतिगत विषयमा योगदान पुर्‍याएको उल्लेख गरिएको छ ।

यसका अतिरिक्त सामाजिक रूपान्तरण, साहित्यिक बहस, पुस्तक विमोचन, शैक्षिक परामर्श तथा राजनीतिक दलसँग सम्बन्धित छलफलमा संसदीय दलका तर्फबाट सहभागिता जनाएको विवरण पनि सार्वजनिक गरिएको छ ।

रिपोर्ट कार्डले दोस्रो अधिवेशनमा परियारको भूमिका मुख्यत: जनसरोकारका मुद्दा उठाउने, कानुन निर्माण प्रक्रियामा सहभागी हुने र संसदीय दलभित्र समन्वय गर्ने विषयमा केन्द्रित रहेको देखाएको छ ।

यद्यपि, रिपोर्ट कार्डमा गतिविधि र सहभागिताको विवरण प्रस्तुत गरिए पनि ती पहलबाट भएका ठोस उपलब्धि, सरकारको जवाफ, संशोधनको परिणाम तथा नागरिकको जीवनमा परेको प्रभावसम्बन्धी मापनयोग्य विवरण भने समेटिएको छैन । यसो भए सार्वजनिक जवाफदेहिताको अभ्यास अझ अर्थपूर्ण हुन सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
34m ago
छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

#रास्वपा
Compare →
Ekantipur
1h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा
Compare →
Hamro Patro News
1h ago
चीन भ्रमणमा जाने रास्वपाको टोलीले गर्‍यो पार्टी सभापति रवि लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपाको टोलीले गर्‍यो पार्टी सभापति रवि लामिछानेसँग छलफल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन जाँदैछ। चीन भ्रमणमा जाने सन्दर्भमा टोलीले आज पार्टी सभापति र...

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612