Trending
Prev Story
Next Story

रुकुम पश्चिमको पाछामा सुक्खा पहिरोको जोखिम, स्थानीय त्रसित

Ekantipur •
October 24, 2026 • 08:00 AM
3
3 reads 0 reactions

पहिरोका कारण पाछाका करिब आधा दर्जन घर प्रत्यक्ष जोखिममा परेका छन् भने तलपट्टि रहेका गोथलीबाङ र बासिनाको बस्तीसमेत प्रभावित हुने देखिन्छ ।

रुकुम पश्चिमको पाछामा सुक्खा पहिरोको जोखिम, स्थानीय त्रसित

पहिरोका कारण पाछाका करिब आधा दर्जन घर प्रत्यक्ष जोखिममा परेका छन् भने तलपट्टि रहेका गोथलीबाङ र बासिनाको बस्तीसमेत प्रभावित हुने देखिन्छ ।

रुकुम पश्चिम — रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७, साख नजिकै पाछा गाउँमा गएको सुक्खा पहिरोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ । दुई वर्षअघि जान सुरु भएको यो पहिरो बीचमा रोकिएको भए पनि अहिले फेरि जान थालेपछि स्थानीय त्रसित बनेका छन् ।

२०७८ को बर्खामा पहिलोपटक पहिरो झरेको बताउँदै वडाध्यक्ष एक्कबहादुर पाण्डेले बीचमा पहिरो जान रोकिएको र गत भदौ २० यता फेरि जान थालेको बताए । ‘भदौ २० यता सानो–सानो गरेर झर्न थालेको थियो। त्यसबेला खासै ठूलो नहोला भनेर वास्ता गरिएन। तर झरी नै सकिएपछि गत बिहीबारदेखि ठूलो स्केलमा झर्न थालेपछि जोखिम बढेको छ,’ उनले भने ।

पहिरोका कारण पाछाका करिब आधा दर्जन घर प्रत्यक्ष जोखिममा परेका छन् भने तलपट्टि रहेका गोथलीबाङ र बासिनाको बस्तीसमेत प्रभावित हुने देखिन्छ । पहिरो दिनानुदिन बढिरहेको र झर्ने क्रम अहिले पनि जारी छ। पहिरोको माथि रहेको पाछा गाउँसम्म जमिन चिरा परेको छ ।

दिनदिनै पहिरो बढिरहेका कारण आफूहरू घरबाट विस्थापित भएर छिमेकीको घरमा बसिरहेको स्थानीय उर्मिला ओलीले बताइन् । ‘हेर्दाहेर्दै पहिरो घरसम्म आइपुग्न लाग्यो । हामी त घर छोडेर बसेका छौं । यत्रो खेतबारी र घर सबै पहिरोले लैजाने भयो,’ उनले दुःखेसो गर्दै भनिन् ।

पहिरोको जोखिम दिनानुदिन बढिरहेकाले स्थानीयलाई सचेत रहन अनुरोध गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले बताए । शुक्रबार स्थलगत अनुगमनमा पुगेका प्रजिअ गौतमले जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट पीडित परिवारलाई तत्काल केही राहत सामग्री प्रदान गर्ने र मानिसको जीउधनको रक्षा गर्ने कुरामा आफूहरू तत्काल केन्द्रित भएको जानकारी दिए ।

वडाध्यक्ष पाण्डेले यसको तत्कालीन र दीर्घकालीन समाधानका लागि सरोकारवाला सबैसँग सहकार्य र समन्वय गरिरहेको जनाएका छन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

#पहिरो #सुक्खा
Compare →
Nagarik News
40m ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#पहिरो
Compare →
Hamro Patro News
3h ago
आज विश्व मधुमेह दिवस, कसरी कम गर्ने जोखिम ?

आज विश्व मधुमेह दिवस, कसरी कम गर्ने जोखिम ?

काठमाडौँ । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र ...

#जोखिम
Compare →
Bizshala
21h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#पहिरो
Compare →

Related Stories

Education & Youth
Build #2612