Trending
Prev Story
Next Story

पोखरा-दुबई उडानको एक महिना : ६ हजार बढी यात्रुले लिए सेवा

Nagarik News •
October 24, 2026 • 12:31 AM
3
3 reads 0 reactions

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो।

पोखरा-दुबई उडानको एक महिना : ६ हजार बढी यात्रुले लिए सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो।

एक महिनामा ३० वटा उडान सञ्चालन भएकामा दुबई-पोखरा चार हजार ५२१ र पोखरा-दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए। उनका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रूपमा लिइएको छ।

‘नेपालीहरूको ठूला चाड दसैँ र तिहारका कारणले दुबईबाट आउने यात्रुहरूको संख्या वृद्धि भइरहेको छ भने यहाँबाट जानेहरू समेत बढिरहेका छन्। सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालीन हुने विश्वास गर्न सकिन्छ। यसमा सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवर्द्धनात्मक काम गर्नुपर्छ’, महाप्रबन्धक निरौलाले भने।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताउँदै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिएका छन्। उनले पोखरा-दुबई उडानलाई निरन्तरता दिन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरिएकोमा फ्लाई दुबईको व्यवस्थापन टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।

‘दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिन्छ। पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न हामीले आग्रह गरेका छौँ’, प्रमुख आचार्यले भने।

व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरेका छन्।

फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दुबईलाई मात्र नभई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन आग्रह गरेका छन्।

लामो समयपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। कहिलेकाहीँ अन्तर्राष्ट्रिय चार्टर उडान हुनुबाहेक यो विमानस्थल आन्तरिक उडानमा सीमित बनेको थियो। फ्लाइ दुबईको उडानपछि अन्य विमान कम्पनीसमेत पोखरामा उडान भर्न आकर्षित भएका छन्। रासस

प्रकाशित: ७ कार्तिक २०८३ ०६:१६ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
29m ago
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

२८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ। सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। …

#उडान
Compare →
Hamro Patro News
2h ago
पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द

काठमाडौं - दशकौँ पुरानो सञ्चार प्रविधिमा आएको समस्याका कारण शुक्रबार अमेरिकाभर केही घण्टाका लागि हवाई उडान सेवा अवरुद्ध भएको छ । यसबाट लाखौँ यात्रु प्रभावित भएका छन् भने करिब ६ हजार आन्तरिक तथा अन्...

#उडान
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा
Compare →
Ekantipur
2d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612